सिन्धुपाल्चोक २७ साउन । सिन्धुपाल्चोकमा मेलम्ची खोला पुरानै अवस्थामा फर्काउनका लागि मेलम्ची नगरपालिकाले तयारी सुरु गरेको छ । यस कार्याका लागि नगरपालिकाले पाँच वटा मेसिन प्रयोगमा ल्याएको छ । नगरप्रमुख डम्बर अर्यालले भने ‘कुनै समस्या र बाधाअवरोध नआएमा १० दिनभित्रमा मेलम्ची बजार आसपासको खोलालाई पुरानै धारमा फर्काउन सकिने विश्वास व्यक्तगरेँ ।
गत असार १ र त्यसपछि लगातार रुपमा आएको बाढीले मेलम्चीमा मात्र १९७ घरमा क्षति पुगेको छ भने एक हजार २८२ रोपनी खेतीयोग्य जमिनमा नोक्सानी पुगेको बताइएको छ । बाढीका कारण विस्थापित धेरै परिवार टेन्टमा तथा भाडाको घरमा बस्दै आएका छन् ।
मेलम्ची बाढीपहिरोमा परेर २० जना हराइरहेका छन्, ६ जना घाइते भएका छन् भने ५ जनाको मृत्यु भएको थियो । बाढी कारण मेलम्चीसहित आसपासका अरु गाउँपालिका मा समेत घर, सडक, पुल, खेती र व्यवसाय गरि करोडांै रुपैयाँको क्षति भएको उल्लेख छ ।