काठमाडौं २८ साउन । भनेको समयमा महाधिवेशन नहुने करिब निश्चित भएपछि नयाँ कार्यतालिका बनाउन बिहिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।
नयाँ मितिमा सहमति जुटाउन सभापति शेरबहादुर देउवाले बिहिबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।
निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने मा जोड दिने पौडेल पक्ष पनि अहिले आएर आन्तरिक रणनीतिमा जुटेको छ ।
भदौ १६ देखि १९ गतेका लागि निर्धारित १४ औं महाधिवेशनलाई सारेर मंसिरमा पु¥याउनको लागि धेरै कसरत गरिरहेका सभापति शेरबहादुर देउवा र पौडेल अहिले अहिले आन्तरिक रणनीतिमा जुटेका छन् ।
नयाँ कार्यतालिकामा सहमति जुटाउन सभापति देउवाले बुधबार नै नयाँ कार्यतालिका र क्रियाशील सदस्यता विवाद समाधान गर्न शीर्ष नेताहरूले छलफल गरेका छन् ।
मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ तालिका ल्याउने देउवाको प्रस्तावमा
महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री कृष्ण सिटौला सभापति देउवाले मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ तालिका ल्याउने प्रस्तावमा सकारात्मक देखिएका छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष विवाद भएका ठाउँमा पुरानै क्रियाशील सदस्यता कायम गरेर भए पनि समयमै महाधिवेशन गर्नुपर्ने अडानमा छ ।
संस्थापन पक्षका नेता एवं सह–महामन्त्री डा. प्रकाशशरण महत पुरानै क्रियाशील सदस्यबाट महाधिवेशन गर्ने कुरा कसरी वैधानिक हुन्छ भन्दै प्रश्न गर्नुहुन्छ ।
हालै काठमाडौंमा सम्पन्न संस्थापन इतर पक्षका जिल्ला सभापतिहरूको भेलाले विशेष महाधिवेशन गरेर भए पनि पार्टीको वैधानिकता जोगाउनुपर्ने निष्कर्ष निकालेको छ । कांग्रेस सभापति जगदिश्वरनरसिंह केसी भन्नुहुन्छ, ‘नियमित अधिवेशन सकिँदैन भने १३औं महाधिवेशनको निर्वाचित महाधिवेशन प्रतिधिनिमार्फत ६ महिनादेखि एक वर्षसम्मका लागि विशेष महाधिवेशन गरौँ ।’
अहिलेको अवस्थामा निर्धारित समयमै महाधिवेशन गर्ने कुरा हास्यास्पद् हुने नेता धनराज गुरुङको टिप्पणी छ । भदौको पहिलो साताबाट महाधिवेशन सुरु गरेर असोजको पहिलो हप्तासम्म महाधिवेशन गर्नसक्ने गुरुङले भने ।
डाक्टर शेखर कोइरालाले पनि क्रियाशील सदस्यको विधिसम्मत् टुंगो नलागेसम्म महाधिवेशन हुननसक्ने बताए । अहिले कांग्रेसभित्र आफू नेतृत्वमा पुग्नैपर्ने नेताहरूको चिन्तनका कारण कार्यतालिका मात्र प्रभावित भएको छैन, पार्टीको वैधानिकता नै गुम्ने संघारमा छ उन्ले भने ।