ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

ट्राफिक प्रहरी भन्छन् हामी कारबाही गर्छौं, छुटाउन तपाईंहरू दबाब नदिनुस्

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ साउन २८ गते, १३:१६ बजे
ट्राफिक प्रहरी भन्छन् हामी कारबाही गर्छौं, छुटाउन तपाईंहरू दबाब नदिनुस्
22
SHARES
Share on FacebookShare on Twitter

पनौती २८ साउन । पनौती कुशादेवी सडकमा दैनिक जसो चल्ने मोटरसाइकलका चालकसँग सावरी चालक अनुमतिपत्र नभएको त्यहाँको चेकजाँचमा बस्ने प्रहरीले जनाएको छ । पनौती–कुशादेवी सडकमा चल्ने ९० प्रतिशत मोटरसाइकलका चालकसँग सवारी चालक अनुमतिपत्र छैन । साथै अनुमतिपत्र बेगर नै तीव्र गतिमा सवारी चलाउने प्रवृति पनि यो सडकमा बढ्न थालेको छ ।

लाइसेन्स बेगर सवारीसाधान चलाउने कार्य नियन्त्रण गर्न प्रहरीले नियमित चेकजाँचलाई थप कडाइ गरेपनि अनुमतिपत्र बेगर सवारी चलाउनेलाई छोड्नको लागि प्रहरीमाथि जनप्रतिनिधिहरुको दबाब पनि आउने गरेको छ । प्रहरी भन्छन् ‘चेकजाँचका क्रममा कारबाहीमा परेकाहरुलाई रोक्न जनप्रतिनिधिहरुकै दबाब आउँछ । केही दिनअघि कुशादेवी क्षेत्रमा नियमित चेकजाँचको क्रममा ९० प्रतिशत मोटरसाइकल चालकसँग लाइसेन्स नभएको भेटियो ट्राफिक प्रहरी सहायक निरीक्षक चेतबहादुर चौलागाइंले जानकारी दिनुभयो ।

चौलागाइं भन्छन् ‘अबदेखि यो सडकमा प्रहरीले नियमित सवारी चेकजाँच गर्छ ।’ पनौती–कुशादेवी सडकको विभिन्न स्थानमा गति सीमित, पार्किङ निषेधित क्षेत्र लेखिएको बोर्ड मंगलबार बिहान न्याशिला गणेश टोल सुधार समितिको संयोजनमा जनचेतनामूलक कार्यक्रमका गरी राखेको छ ।

यो सडकमा प्रतिघण्टा २० किलोमिटर स्पिडमा मात्र सवारी चलाउन पाइने चौलागाइंले जानकारी दिनुभयो । उक्त क्षेत्रमा पनौती नगरपालिका–८ का वडाध्यक्ष केशव वञ्जारा, टोल सुधार समितिका अध्यक्ष एवं वडा सदस्य गौरी नारायण श्रेष्ठलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुका साथै प्रहरीहरुको समेत उपस्थितिमा पनौतीदेखि खरिबोटसम्म १५ वटा गति सीमित लेखिएको बोर्ड राखिएको छ । यो सडकमा हुने जथाभावी पार्किङलाई पनि नियन्त्रण गरिनुपर्ने सरोकारवालाहरुले बताएका थिए ।

‘यो सडकमा सवारी अनुमतिपत्र नहुनेले सवारी चलाएको, ओभर स्पिडमा सवारी चलाएको, ओभरलोड राखेर सवारी चलाएको पाइन्छ’,
प्रहरी सहायक निरिक्षक चौलागाईले जनप्रतिनिधिकै अगाडि भन्नुभयो– ‘कारबाही गर्दा तपाईंहरुबाट बढी दबाब आयो । हामी कारबाही गर्छौं, छुटाउन तपाईंहरू दबाब नदिनुस् ।
उन्नले भने ‘यो सडकमा ओभरलोड राखेर सवारी चलाएको मात्र नभएर ओभर स्पिडमा पनि सवारी चलाएको पाइन्छ, धेरै जसो मोटरसाइकल चालकसँग सवारी अनुमतिपत्रनै नभएको जानकारी दिनुभयो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist