काठमाडौं २९ साउन । प्रधानमन्त्री निवास बालुवाटार धेरा हाल्न गएका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल शिक्षक महासंघको शाान्तिपूर्ण धनामा सहभागि भएका शिक्षकहरु के समूहलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले प्रदर्शनमा पुगेका करिब डेढ सय शिक्षकलाई नियन्त्रणमा लिएको छ ।
वार्षिक बजेटको २० प्रतिशत
शिक्षा क्षेत्रमा २० प्रतिशत छुट्याउनुपर्ने, शिक्षण पेशालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामूहिक रुपमा बढुवा गराइनुपर्ने, द्वन्द्वपीडित शिक्षकहरुको समस्या समाधान गरिनुपर्ने शिक्षा महासंघले माग छ ।
साथै विद्यालय कर्मचारीलाई संघीय सरकारले तलव, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्चमावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्ने लगायतका विभिन्न मागहरु राख्दै गत वैशाखदेखि आन्दोलन गर्दै आएका थिए ।
शिक्षा महासंघले भने डेढ सय शिक्षाकलाई नियन्त्रणमा लिएको भने पनि प्रहरीले भने ५० जना भन्दाबढी पक्राउ परेका र उनीहरुलाई महानगरीय प्रहरी वृत्त, मालीगाउँमा राखिएको जनाएको छ ।