अर्घाखाँची ३० साउन । अर्घाखाँचीको पाणिनी गाउँपालिका–५, मैदानमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मानबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए उनि पाणिनी–६ धातिवाङ्गमा बसोबास गर्दै आएका थिए ।
४५ वार्षिय मानबहाहुर मेघराज घिमिरेको घरमा प्लाष्टर गर्ने क्रममा घरमाथिबाट खसेको पहिरोमा उनी पुरिएका थिए । पहिरो बेलुका शुक्रबार साँझ ५ बज गएको थियो । उनी एक्लै काम गरिरहेको स्थानीयले बताएका छन् ।
स्थानीय बासिन्दा, प्रहरी र जेसिबी मेसिनको सहयोगले शुक्रबार राति सवा ९ बजे उनलाई मृत अवस्थामा फेला पारिएको पाणिनी–५ का वडा अध्यक्ष जीवलाल घिमिरेले बताए । सुनारको शव पोष्टमार्टमका लागि शनिवार जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याउने प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले जानकारी दिए ।