ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

११ वर्षपछि हाइटीमा शक्तिशाली भूकम्प जादाँ ३०४ जनाले ज्यान गुमाएका छन् भने भूकम्पमा परेर १८ सयजना भन्दा बढी घाइते भएका छन् ।

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ साउन ३१ गते, १२:३६ बजे
११ वर्षपछि हाइटीमा शक्तिशाली भूकम्प जादाँ ३०४ जनाले ज्यान गुमाएका छन् भने भूकम्पमा परेर १८ सयजना भन्दा बढी घाइते भएका छन् ।
20
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी ३१ साउन । हाइटीमा ११ वर्षपछि शक्तिशाली भूकम्प गएको छ सो भूकम्पका कारण ३०४ जनाले ज्यान गुमाएका छन् भने भूकम्पमा परेर १८ सयजना भन्दा बढी घाइते भएका छन् ।

स्थानीय समय अनुसार शनिबार बिहान हाइटीको पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण सर्वसाधारणका घरसहित ठूलो व्यापारिक भवनहरु तथा चर्च एवम् होटलहरु पनि भत्किएका छन् ।

हाइटीका प्रधानमन्त्रील एक महिनाका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन् । भूकम्पका कारण देशले धेरै क्षति ब्यहोरेको जानकारी पनि गराए ।

अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस) ले जनाएको अनुसार शनिबार सेन्ट लुइस डू सुड शहर भन्दा १२ किलोमिटर पर केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
भूकम्पको धक्का राजधानी पोर्ट–ओ–प्रिन्समा पनि महशुस गरिएको थियो । भूकम्पको केन्द्रविन्दुबाट राजधानी पोर्ट–ओ–प्रिन्स करिब १२५ किलोमिटर पर रहेको छ ।

यो भन्दा अगाडि सन् २०१० को जनवरी १२ मा हाइटीमा सात म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसबेला भूकम्पमा परेर कम्तीमा एक लाख ६० हजार मानिसको ज्यान गएको थियो । अगाडिको भूकम्पाबाट उठ्दै गरेको हाइटीमा फेरि शक्तिशाली भूकम्प गएको हो ।

प्रधानमन्त्री एरियल हेनरीले उद्धार तथा राहतका लागि उद्धारकर्मीहरुको टिम खटाइएको बताएका छन् । भग्नावशेषमा फसेका वा पुरिएकाहरुको उद्धार अहिलेको प्राथमिकता रहेको उनले बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भूकम्प प्रभावित हाइटीमा तत्काल सहयोगका लागि स्वीकृति प्रदान गरेका छन् । युएसएडले सहयोग गर्ने उनले उल्लेख गरेका छन् । हाइटीमा गएको भूकम्प र त्यसले गरेको क्षतिबाट आफू दुःखी भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

युएसजिएसले भूकम्पका कारण हजारौँको मृत्यु भएको हुन सक्ने चेतावनी दिएको छ । अहिले पनि परकम्पहरु आउने क्रम जारी रहेकाले सतर्क रहन भनिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist