काठमाडौं ३१ साउन । माओवादी केन्द्र को भ्रातृ संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आगामी असोजमा हुने तय भएको छ । पत्रकार सम्मेलनमा जानकारी गराउर्दै असोज ८ देखि १० गतेसम्मका लागि सम्मेलन तय भएका जानकारी दिएको हो ।
२२ औं राष्ट्रिय सम्मेलन असोज ८, ९ र १० गते काठमाडौंमा गर्ने निर्णय भएको जानकारी दिदैं आयोजीत पत्रकार सम्मेलन मार्फत अध्यक्ष रञ्जित तामाङले जानकारी दिए ।
‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने नारासहित गर्ने सम्मेलनका लागि वर्तमान केन्द्रीय समिति राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण भएको छ,’ तामाङले भने‚ ‘भाद्र १५ गते सम्ममा इकाई , क्याम्पस, पालिका भेला सम्मेलन गरिसक्ने, भदौ २५ गतेसम्म जिल्लाहरुको भेला तथा सम्मेलन गरिसक्ने तय भएको छ ।’
यस्तै‚ भदौ २५ देखि असोज १ गतेसम्म प्रदेश भेला तथा सम्मेलन गरिसक्ने र संगठनको विधानलाई थप व्यवस्थित गर्न भर्चुअल माध्यमबाट विधान सम्मेलन गरिने अध्यक्ष तामाङले जानकारी दिएका छन् ।
तामाङले भने ‘कोभिड कहरलाई मध्यनजर गर्दै राष्ट्रिय सम्मेलनमा आयोजकसहित जम्मा ७९९ जना प्रतिनिधि समावेश गरिनेछ ।