काठमाण्डौं ३१ साउन । अफगानिस्तानमा चारैतिरबाट आफ्नो कब्जा मज्बुद बनाउदै आएका तालिबान लडाकुहरुले अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । धेरै शहरहरु कब्जा गरेका तालिबान लडाकुहरु आइतबार सबै क्षेत्रबाट काबुल प्रवेश गरेका हुन् ।
अमेरिकी सेनालाई हटाउने र स्थानीय सरकारलाई जिम्मेवारी छोड्ने निर्णयको रक्षा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान बाट आफ्ना सेना हटाए लगातै तालिबानहरुले शहर कब्जा सुरु गरेका थिए ।
तालिबानहरुले यस अधि रणनीतिक रुपमा महत्वपूर्ण शहर जलालावाद कब्जा गरेका थिए । तालिबान लडाकुले बिना युद्ध जलालावाद कब्जा गरेको हो ।
अमेरिकासहित नेटोमा आवद्ध विदेशी सैनिकहरुले विगत २० वर्षदेखि जारी सैन्य अभियान अन्त्यको तयारी गरेसँगै तालिबानको प्रभाव बलियो भएको हो । पछिल्लो डेढ हप्ताको बिचमा तालिबान लडाकुले प्रमुख सबै प्रान्तीय राजधानी कब्जा गरेका हुन् ।
तालिबानका सामाजिक सञ्जालहरु तालिबान लडाकूहरूले हतियारको ठूलो परिमाण जफत गरेको भिडियोले भरिदिएका छन् ।
उनीहरुले काबुललाई घेराउ गरि प्रवेशको क्रममा रहेसँगै युरोपियन युनियनका कर्मचारीहरु काबुलको गोप्य स्थानबाट काम गरिरहेका छन् । तालिबानले आफ्ना लडाकुहरुलाई राजधानी काबुलमा सकेसम्म युद्ध नगरी कब्जा गर्न आदेश दिएको छ ।
तालिबानले रोयटर्सलाई जानकारी दिए अनुसार जो सुरक्षित रुपमा निस्कन चाहन्छन् उनिहरुलाई जान दिन आफ्ना लडाकुलाई संदेश दिएको छ । दोहामा रहेका तालिबान नेताले रोयटर्सलाई यस्तो जानकारी दिएका हुन् । तालिबान नेताले महिलाहरुलाई सुरक्षित स्थानमा जान पनि भनेका छन् ।