काठमाडौं ३१ साउन । सत्तारुढ दल नेपाली काँग्रेस र प्रतिपक्षी नेकपा एमालेका नेताहरुले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएका छन ।
अफगानिस्तनमा चर्किएको द्वन्द्वले त्यहाँ रहेका नेपालीहरुलाई जोखिम उच्च देखिएकाले नेपाली काँग्रेसका नेता रमेश लेखक र नेकपा एमालेका नेता डाक्टर राजन भट्टराईले उनीहरुलाई तत्काल उद्धार गरी ल्याउने काममा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेता लेखकले नेपाली नागरिकहरुलाई सुरक्षित ढंगले स्वदेश फिर्ता गराउने विषयमा जिम्मेवार भईदिन साक्षत्कार कार्यक्रममा बोल्दै सरकारसँग आग्रह गर्नुभयो ।
नेकपा एमालेका विदेश विभाग प्रमुख डा. भट्टराईल अफगानिस्तानबाट नेपाली नागरिकलाई स्वेदश फिर्ता ल्याउन सरकारसँग ढिला गर्नुनहुने माग गर्नु भयो । उहाँले द्धन्द्ध र हिंसाको चपेटामा परेका आफना नागरिकको जीवन रक्षा गर्ने काम सरकारको जिम्मेवारी भएको बताउनु भयो ।







