काठमाडौं ३१ साउन । प्रधामन्त्री शेरबहादुर देउवाले हिड्नेबाटो सुधार गरिने हल्ला चले पनि हाल सम्म केहि हुन सकेको छैन् । प्रधानमन्त्री शेरबहादुर देउवा दिनहु हिड्ने बाटो यहि बुढानिलकण्ठ हो । तर देउवा सरकारको एक महिना वितिसक्दा पनि यहाँको बाटोको अबस्था भने उस्तै छ ।
नेता, मन्त्रीका गाडि त सडक छलेर किनाराबाटै भाग्छन् । दुःख, कष्ट भोग्नुपरेका पैदलयात्री र सर्वसाधारणले को पीडा साँच्चै दयानिय रहेको छ । पानी परेको बेला चिप्लाले हिड्डुल गर्न सारै गाह्रो हुने र पानी नपरेको दिनमा पनि धुलो सताएर हिड्नै नसकिने एक स्थानीयले भने । उनका अनुसार रोडको धुलो घरभित्र समेत पस्ने गरेको छ ।
प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्री देशका तिन मुख्य अंगनै यहिबाटो हिड्छन तर यो बाटोलाई कुनै अस्तै गर्दैननन् उनिहरुलाई मतलव छैन, हामीले के भन्ने स्थानीय भन्छन् ।
स्थानीय जनप्रतिनिधिका आ—आफ्नै तालमा एकले अर्कोलाई दोष लगाउछन् बुढानिलकण्ठ नगरपालिका वडानम्बर ६ सदस्य श्यामकृष्ण महर्जनले ठेक्दारका कारण सडक निर्माणमा ढिलाई भएको बताए । ‘ठेक्दारले मन लगाएर काम नगरी आफूखुसि काम गर्ने कहिले आधा काम गरेर भाग्ने कार्यले गर्दा सडक निमार्णमा कठिनाइ भएको छ,’ महर्जन भन्नछन् ।, ‘स्थानीय तहको चुनापछि मात्रै बाटो बन्ला जस्तो छ ।’ उन्ले थपे ।
उता, बुढानिलकण्ठ नगरपालिकाका उपमेयर भने मैसमलाई दोष देखाउदै भन्छीन् ‘वर्षाको समयमा बाटो खराव हुने, हिलो हुने, पानी बग्ने भइ नै हाल्छ, यसलाई प्राकृतिक विपद् नै मान्नुपर्छ ।
देशकै ठूला ठूला मानिस रातोदिन हिँड्ने बाटोको हालत यस्तो छ । यद्यपि विकासमा धेरै काम भईरहेको बुढानिलकण्ठका मेयर उद्धपप्रसाद खरेलको भन्छन् ।