एजेन्सी ३२ साउन । तालिवान विद्रोहीद्धरा अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा लिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
तालिवान विद्रोहीले राष्ट्रपति घानी र उपराष्ट्रपति अमरुल्लाह सलेहलाई देश छाढ्न धम्कीपछि उनिहरुले देश छोडेका थिए । राष्ट्रपति अशरफ घानीले देश छोडेलगत्तै तालिबानले राष्ट्रपति कार्यालय कब्जामा लिएको बताइएको छ ।
राष्ट्रपति कार्यालय कब्जा गरे लगत्तै तालिवानी विद्रोहीले राष्ट्रपति भवनबाटै इस्लामिक एमिरेट्स अफ अफगानिस्तानको घोषणा गर्ने जनाएका छन् ।
उनिहरुले ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गर्न लागेको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अफगानिस्तानका विभिन्न क्षेत्र कब्जा गर्नेक्रममा तालिवान हिजो काबुल कब्जागरेको थियो ।
तालिवान काबुल छिरेलत्तै अमेरिकासहित पश्चिमा मुलुकहरुले आफ्ना कूटनीतिक कर्मचारी र नागरिकलाई फिर्ता लगेका छन् । केही सातादेखि देशमा फैलिँदै गरेको हिंसाका कारण भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइरहेका छन् ।