काठमाडौं ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न सरकारको दायित्वरहेको जानकारी दिएका छन् । तेसको लागि सबै प्रबन्ध मिलाउन आइतबारै निर्देशन दिएको बताएका छन् ।
देउवाले भने ‘सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सजगता र गम्भीरतापूर्वक अभिभावकको जिम्मेवारी निर्वाह गर्छ’ सामाजिक सञ्जालमा देउवाले लेख्दै ‘ अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु । सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो, सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।
अफगानिस्तानमा करीब १५ सय नेपाली कार्यरत रहेपनि अन्य कति नेपाली छन् भन्ने तथ्यांक को रेकर्ड भने सराकार सँग छैन् ।