काठमाण्डौं ३२ साउन । तालिबानले अफगानिस्ताको राजधानी काबुल नियान्त्रणमा लिएसँगै त्यहाँको विमानस्थल पनि आफ्नो कब्जामा लिएको थियो तर त्यहाँको विमानस्थलमा अचानक तनाब बढेसँगै अमेरिकी सेनाले त्यहाँको विमानस्थल अहिले आफ्नो कब्जामा लिएको छ ।
अमेरिकी सेनाले सुरक्षित रुपमा आफ्ना देशका कर्मचारीलाई बाहिर निकाल्नकालागि विमानस्थल एअर ट्राफिक नियन्त्रणमा लिएको हो । तर विमानस्थलमा सबै उडान स्थगित गरीएको छ । विमानस्थलमा अत्याधिक चप बढेका कारण यसो गरिएको काबुल हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलबाट जानकारी आएको हो ।
त्यहाँका सामाजिक सञ्जालका भिडियोहरुमा त्यहाँका नागरीक, कर्मचारीहरु ठेलामठेल गर्दै विमानमा चढिरहेको दृश्य देख्न सकिन्छ ।
आफ्ना सबै दुतबासका कर्मचारीलाई काबुलबाट बाहिर निकाल्नकोलागि अमेरिकाले करिब ६ हजार सैनिक अफगानिस्तान पठाएको विभिन्न एजेन्सीहरुले जनाएका छन् ।