कठमाण्डौं १ भदौ । लगभग ६ वर्ष अगाडि टिकापुरको घटनमा मुछिएका थारुहरुले न्याय नपाएको भन्दै मंगलबारबाट थरुहट थरुवान राष्ट्रिय मुक्ति मोर्चाले काठमाण्डौंको माइतीघरमा धर्ना तथा प्रदर्शन सुरु गरेको छ ।
थरुहट थरुवान राष्ट्रिय मुक्ति मोर्चाले जेलमा रहेकाहरुको रिहाइ, झुठा मुद्दा फिर्ता लगायतको माग राख्दै धर्ना सुरु गरेको हो ।
मंगलबार धर्ना कार्यक्रममा बोल्दै थारु भानुराम थारुले रमेश चौधरी निर्दोष भए पनि हाल सम्म उनको रिहाइ नगरेको जानकारी गराए । २०७२ भदौं ७ गते टिकापुर घटनामा संलग्न रेशम चौधरीलगायतका थारु नेताहरुमाथि सरकारले मुद्दा लगाएर थुनामा राखेको छ ।
सोही घट्नापछि धेरै थारुहरु निर्दोष भएपनि उनिहरु प्रवास जीवन विताउन बाध्य भएको मोर्चाले जनाएको छ । रेशम चौधरी माथि जसपा नेपालका नेताहरुले समेत राजनीति गरिरहेको ले आफ्नो अधिकारका लागि आफै अघि बढ्नुपर्ने आन्दोलनका अगुवा भानुराम थारुले जानकारी दिए ।
सरकारले जबसम्म बन्दीको थारुहरुको रिहाइ गर्दैन तब सम्म मोर्चाले आन्दोलन नछोडी जारी राख्ने जनाएको छ ।