कठमाण्डौं १ भदौ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता नचाहेको र एकताको ढोका बन्द गरेको बताएका छन् ।
जनवर्गीय संगठनहरुको कार्यक्रमा बोल्दै ‘ओलीले पार्टी एकता नचाहेको जनाकारी गराए । नेपालले भने पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरणसँग सहकार्य गरेर अघि बढ्छौँ ।’
ओलीकै कारण पार्टी बिभाजनहुन पुगेको उल्लेख गर्दै अहिले नयाँ दल दर्ता गरेपनि अन्य पार्टीसँग भने सहकार्य नगर्ने बताएका छन् । नेपालले भने यदि पछि ओली सुध्रिए भने फेरी पार्टी एकता हुन सक्ने र चुनाव गर्न सक्ने स्पष्ट जानकारी गराए ।
ओली पार्टी विभाजन गर्न अग्रसर रहेको भन्दै नेपालले भने हामि पार्टी एकताको लागि लागि परिरहदाँ पनि ओली सुध्रिने छाटकाट नदेखिए पिछ नयाँ पार्टि दर्ता गर्न बाध्यहुने नेपालले जिकिर गरे ।
’ओलीले पार्टीमा गरेको कारबाहीको कुनै अर्थ छैन। उहाँ पार्टी विभाजन गर्न उद्दत् हुनुहुन्छ। हामी पार्टीलाई एकताको अन्तिम प्रयास गरिरहेका छौँ’ उनले भने।