काठमाडौं २ भदौ । नवनियुक्ति नेपाल विद्युत प्राधिकरणका कुलमान घिसिङको नियुक्ति बदरको माग राख्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च माथि रिट दायर गरेका थिए । सर्वोच्च पुगेका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
आफूँ प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला ऊर्जा आयोगको विशेष सदस्य बनाइएका र सो पद स्वीकार नगरेको भन्दै कुलमान घिसिङको नियुक्ति गैरकानूनी भएको दावी गर्दै रिट दायर गरेका थिए ।
उनले आफूले राजिनामा नदिएको र आफ्नो सहमति बेगर कुलमानले विद्युत प्राधिकरण स्थानतरण गर्न नमिल्लने भन्दै उने कुलमान विरुद्ध रिट दायर गरेका थिए । आफूँ माथि कुनैपनि स्पष्टीकरण नसोधिएको ले आफू विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमै रहने र आफ्नो पदावधि २०८१ साल माघ २८ गतेसम्म रहेर कार्यवहाक सम्हाल्ने जिकिर गरेका छन् ।