काठमाडौं ३ भदौ । वरिष्ठ नेता माधवकुमार नेपालले आफूँ अध्यक्ष रहेर नयाँ दल खोल्नुभएको छ । नेपाल अध्यक्ष रहेको दलको नाम एमाले (समाजवादी) राखिएको छ ।
नेपालको नेतृत्वमा नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र ३१ जना सांसदसहित आयोगमा पुगेर नयाँ दल निमार्ण गरेका हुन् । सो पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल रहनुभएको छ ।
सबै सदस्यको नाम केन्द्रीय सदस्यमा समावेश गरिएको जानकारी नेताहरूले दिएका छन् । केन्द्रीय कमिटीमा ९५ जनाको नाम छ । एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य उपस्थित भएर नयाँ दल दर्ताको निर्णय गरेका थिए । ३१ जना सांसद् आफ्नो साथमा रहेको एक केन्द्रीय सदस्यले बताए ।
ओलीले पार्टी गरेको व्यवहार स्वरुप नयाँ दल दर्ता भएको जनाउँदै अब पार्टीले छिट्टै राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरेको पाण्डेले जानकारी दिए ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आफ्ना पक्षका नेता तथा सांसदहरू लिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग गएका थिए , त्यहाँ उन्नका पार्टीका सुरेन्द्र पाण्डे, भीम रावल , अमृत कुमार बोहोर, युवराज ज्ञवाली, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, रघुजी पन्त, , योगेश भट्टराईलगायतका नेताहरु भने उपस्थित थिएनन् ।