काठमाडौं ३ भदौ । माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल र नेकपा एमाले समाजवादीका पार्टीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न गएका छन् ।
एमालेका बरिष्ठ नेता माधक कुमार नेपालले बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेपछि देउवा सँग भेटवार्ता गर्न दाहाल र नेपाल गएका थिए । तीन नेताबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
पाँच दलीय गठबन्धनबाट बनेको प्रधानमन्त्री शेरबहादुर देउवालाइ सरकारले एक महिना भन्दा बढी पुग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन् । नेपालले पार्टी फुटाएर अर्को दल दर्ता गरेपछि अब मन्त्रिपरिषद् विस्तार हुने आंकलन गरिएको छ ।
नेकपा एमाले समाजवादीका पार्टीका अध्यक्ष माधवकुमार नेपाल निर्णय नआएको कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको नेताहरुल जानकारी गराएका थिए ।