रसुवा ३ भदौ । पहिरोले घर बगाउँदा एकै परिवारका ३ को मृत्यु भएको छ । बिहीबार बिहान गएको पहिरोले घर बगाउदाँ एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।
रसुवाको जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बिहीबार बिहान आएको पहिरोले नौकुण्ड गाउँपालिका–५ कोलडाँडाका श्यामबहादुर घलानको घर पहिरोले बगाएको थियो । उक्त पहिरोमा परि घलानको श्रीमती, छोरा र छोरीको मृत्यु भएको हो ।
त्यस्तैगरी अर्का एक बेपत्ता भएको र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयल रसुवाले जानकारी दिएको छ ।
पहिरोमा पुरीएर ३२ वर्षीय श्यामबहादुरकी श्रीमती कमला, ८ वर्षीया छोरी सोकिता, ७ वर्षकी छोरा सुकुमाया पुरिएका थिए ।
श्यामबहादुरलाई घाइते बअस्थामा उद्धार गरि उपचारका लागि काठमाडौ ल्याइएको प्रहरीको भनाइ छ । पहिरोमा पुरीएर ज्यान जानेमा ३ जनाको शव फेला परिसकेको रसुवा प्रहरीले जानकारी गराए ।
बिहान पहिरोले श्यामबहादुरको घर बगाएको होहल्ला भएको थाहा पाएपछि स्थानीय घटनास्थल पुगेका थिए , भने पहिरोमा पुरिएका श्यामबहादुरलाई भने प्रहरीको टोली आएर श्यामबहादुरको उद्धार गरेको हो ।