काठमाडौं ३ भदौ । जसपा का संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओलीलाई व्याड्ग्य गर्दै वैचारिक ढंगबाट अगाडि बढ्न नसके आफूहरू पनि ‘अर्को केपी ओली’ हुने बताएका छन् ।
समाजवादी केन्द्रले नेपालद्धारा आयोजीत कार्यक्रमा बोल्दै नेता भट्टराईले भने, ‘हामीले वैचारिक दृष्टिले समाजवादको नयाँ बाटो पहिल्याउनुपर्छ । ओलीको आलोचना गर्दै गर्दा हामीले नयाँ समाजवादको मोडल तयार गर्नुपर्छ ।’
अब एकजुट भएर जनताको हितमा कामगर्नु पर्ने उन्को धारण रहेको र यसो गनरे आफुँपनि ‘अर्को केपी ओली’ हुने भएकाले एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवाद विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै जनताको हिताका कुरा केन्द्रमा राखी २१ औँ शताब्दीको मार्क्सवाद र समाजवादअनुसार कम्युनिष्ट पार्टीहरू अघि बढ्नुपर्ने उनले बताए ।
भट्टराईले भने, ‘माधवजीले पनि एमाले समाजवादी दर्ता गर्नुभएको छ । हामीलाई पनि चुनाव चिह्न छोड्न गाह्रो भएको छ । तर, जनताको हितलाई केन्द्रमा राखेर २१ औँ शताब्दीको मार्क्सवाद र समाजवाद अनुसार अघि बढ्नैपर्छ । जनताले त्यहीँ भोट हाल्छन् भनेर चुनाव चिह्न कुरेर बसेर देश विकास हुँदैन ।’
१० वर्ष जनविद्रोहले अहिले आएर उपलब्धि प्राप्त गर्न सफल भएको बताए भन्दै भट्टराईले भने ‘कम्युनिष्ट पार्टी विधि र पद्धतिमा चल्न छाड्यो, महाधिवेशन छैन, टीका लगाएको व्यक्तिले पार्टीको नेतृत्व गरिरहेको छ,’
उनले अहिलेको अफगानिस्तानलाई हेरेर पनि धेरै नयाँ कुरा सिक्ने र नयाँ युगको थालनी गर्ने अवसर प्राप्त गरेका छौँ, भट्टराईले भने ।