काठमाडौं । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । पौडेल ३३ हजार ८०२ मत पाएर निर्वाचित भएका हुन् ।
पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाको मत पाएका थिए ।
पाैडेलका निकटतम प्रतिद्वन्दी एमालेका सुवास चन्द्र नेम्वाङले १५ हजार ५१८ मत पाएका थिए ।
उपराष्ट्रपतिको चुनाव आगामी चैत्र ३ मा हुँदैछ ।