काठमाडाैँ । राष्ट्रिय सूचना आयाेगले सूचना दिन अटेर गर्ने बीस वटा कार्यालयलाई सूचना दिनु भनी आदेश जारी गरेकाे छ ।

फाल्गुण २५ गते आयाेगका तीन सदस्यीय समितिले आंशिक सूचना दिने, सूचना दिन अटेर गर्ने काठमाडाैँ महानगरपालिका, स्वास्थ्य सेवा विभाग, नेपाल राष्ट्र बैंक, राष्ट्रिय मानव अधिकार आयाेग लगायतले सूचना माग कर्तालाई सूचना उपलब्थ नगराएपछि आयाेगले साे आदेश गरेकाे हाे ।







