काठमाडाैँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समेतका विरुद्धमा सर्वाेच्च अदालतमा दायर गरिएकाे रिट निवेदनकाे सुनुवाइको सकिएकाे छ ।
न्यायाधीश ईश्वरीप्रसाद खतिवडाकाे एकल इजलासमा परेकाे उक्त रिटमा कारण देखाउ आदेश जारी भएको बहसमा सम्मिलित एक कानुन व्यवसायीले नीतिसञ्चारसँगकाे कुराकानीमा बताएका छन् ।