एजेन्सी ४ भदौ । लण्डनस्थित बेलायती प्रधानमन्त्री आफूहरु विरुद्ध असमान व्यवहार गरेको भन्दै १३ दिनदेखि भूतपूर्व गोर्खा सैनिकहरुल कार्यालय अगाडि आमरण अनशन बसेका थिए । गोर्खा सैनिकका मागका सम्बन्धमा बेलायतको रक्षा मन्त्रालयले बेलायतस्थित नेपाली राजदूतलाई पत्र पठाएपछि बिहीबार अनशन तोडेका छन । अनशन तोडिएको आन्दोलतरत गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले जानकारी दिनुभयो ।
बेलायत सरकारका रक्षा राज्यमन्त्री लियो डोचेर्टी र बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलले जुस पिलाएर अनसन बस्नु भएका भूतपूर्व गोर्खाहरु ज्ञानराज राई, धनबहादुर गुरुङ तथा गोर्खा एकल महिला पुष्पा राना घलेलाई जुस दिएर अनसन तोडाउनु भएको थियो ।
संयोजक राईले भन्नु भयो ‘नेपाल र संयुक्त अधिराज्य तथा पूर्व गोखाका प्रतिनिधि सम्मिलित उच्चस्तरीय वार्ता समिति गठन गर्ने र सो समितिले २०२१ डिसेम्बरसम्ममा पहिलो औपचारिक वार्ता शुरु गर्ने उल्लेख गर्नुभयो ।
राईले भने त्यसअघि सेप्टेम्बर ८ मा वार्ताको तयारीका लागि एउटा बैठक राखिने छ ।
राजदूत लोकदर्शन रेग्मीको पहलमा वार्ताको सकारात्मक बनेको बताउँदै राईले यस अभियानमा ऐक्यबद्धता जनाउने ब्रिटीश भेर्टान्स,बेलायत र नेपालका सांसद,नागरिक समाज,सञ्चारमाध्यम,बेलायत र नेपालमा रहेका सिङ्गो समूदायलाई धन्यवाद दिनुभयो ।
राजदूत रेग्मीले गोर्खा सैनिकको मागको सम्बन्धमा बेलायतको परराष्ट्रय, रक्षा र सङ्घर्ष समितिसँग भएको वार्ताले सार्थकता पाएको बताउनुभयो ।
बेलायतसहित नेपालमा पनि गोर्खा अनशनले चौतर्फी चर्चा थियो । नेपालको सबै दलले यसको चासो दिदै समाधानका खोज्न आग्रह गरेका थिए ।
भूतपूर्व गोर्खा सैनिकले सन् १९९७ भन्दा पहिला ब्रिटिश सेनाबाट अवकाश प्राप्त गोर्खा सैनिकहरूले पेन्सन लगायतका विषयमा आफूहरूलाई भेदभाव गरिएको बताउँदै आएका छन् । भूतपूर्व गोर्खाहरुले १९४७ नोभेम्बर ९ को त्रिपक्षीय सन्धिको भावना अनुसार समान अधिकार पाउनुपर्छ भन्ने माग राख्दै आएका थिए उनीहरूले बेलायती सेनाबाट सेवा निवृत्त सबैलाई समान पेन्सन र सुविधा, नेपालीलाई पनि ब्रिटिशसरह निःशुल्क स्वास्थ्य सुविधा, जागिर कटौतीमा परेका सबैलाई चित्तबुझ्दो क्षतिपूर्ति, विधवाहरूलाई समान पेन्सनको व्यवस्था हुनुपर्ने लगायतका माग राख्दै आएका छन् । नेपाल तथा बेलायत दुवै मुलुकले तत्काल वार्ता समिति गठन गर्नुपर्ने, वार्ताको मिति र स्थान तोक्नुपर्ने माग भूपू गोर्खा सैनिकको आफ्नो माग राखेका थिए ।
भूपू गोर्खा सैनिकको यि मागमा कुनै पनि चासो नदिएकोले लण्डनस्थित बेलायती प्रधानमन्त्री विरुद्ध १३ दिन अगाडि देखि भूतपूर्व गोर्खा सैनिकहरु आमरण अनशन बसेका थिए ।







