काठमाडौं ४ भदौ । बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त गर्नुभएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई नियुक्त गर्नुभएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई बागमती प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संखुवासभाका शर्मा माधवकुमार नेपाल पक्षका हुनुहुन्छ ।
विष्णुप्रसाद प्रसाईंलाई प्रदेश प्रमुख बाट हटाई बिहीबार मन्त्रिपरिषद् बैठकले शर्र्मा ंलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।
गण्डकी र लुम्बिनी प्रदेशमा पनि प्रधानमन्त्री शेरबहादुर यो अधिनै प्रदेश प्रमुख परिवर्तन गर्नुभएको थियो ।







