मोरङ ५ भदौ । मोरङको विराटनगरमा अस्पतालहरुमा उपचार गराउन आउने विरामीहरुलाईनागरिकलाई दुःख हैरानी दिने दुई जना विचौलीयालाई मोरङ प्रहरीले पक्रउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ अमरटोल १८ बर्षीय प्रधुम्न राय र २३ बर्षीय आनन्द कुमार साह रहेका छन् ।
उनिहरुले विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी “यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन“ भन्ने जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्याएर आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागी प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुःख हैरानी दिने गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनिहरुलाई बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र १ नम्बर प्रदेश प्रहरी कार्यालय च्क्ष्त् समुहको प्रहरी टोलीले भदौ ३ गते पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
यदि यस्तो कार्य अन्त कतै भईरहेको भए तुरुन्त जिल्ला प्रहरी कार्यलयलाई खबर गर्नु समेत मोरङ प्रहरीले अनुरोध गरेको छ ।