काठमाडौं ५ भदौ । कोरोना महामारीका कारण विद्यालय बन्द रहेको बेला पनि महालेखा परीक्षकको कार्यालयको ५८ औं प्रतिवेदन दिवा खाजाका लागि करोडौं रुपैयाँ निकासा भएको पाइएको छ ।
प्रतिवेदन अनुसार लकडाउन भएर विद्यालय बन्द भएको बेलामा पनि विभिन्न पालिकाहरूले विद्यार्थी दिवा खाजाका नाममा २१ करोड ४२ लाख रुपैयाँ लगेका छन् ।
२०७७ सालको चैतदेखि लकडाउन सुरु भएको थियो । लकडाउन सँगै देशभरका सम्पूर्ण विद्यालयहरु पूर्णरुपमा बन्द भएको थिायो । तर देशका विभिन्न स्कूलहरुले दिवा खाजा भन्दै २१ करोड ४२ लाख रुपयाँ लगेका छन् ।
धनुषाको सम्पूर्ण नगरपालिकाले एक करोड १३ लाख रुपैयाँ, सिरहाको सिरहा नगरपालिकाले एक करोड ३८ लाख, गणेशनाथ चारनाथ नगरपालिकाले ८१ लाख, रौटहतको फतुवा नगरपालिकाले ९७ लाख र गरुडा नगरपालिकाले ७७ लाख रुपैयाँ लगेका छन् ।
त्यस्तै लकडाउनको बेला २८ वटा नगरपालिकाले १४ करोड २१ लाख ६८ हजार रुपैयाँ लगेका छन् १३ वटा विभिन्न गाउँपालिकाले ६ करोड ३ लाख रुपैयाँ दिवा खाजाको लागि लगेका छन् ।
दिवा खाजा रकम निकासा अनियमित देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । विद्यालय बन्द भएको बेलामा खाजाको लागि लगेको पैसा असुल गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।
सरकारी विद्यालयमा विद्यार्थीहरुलाई आकर्षित गर्न र भर्ना दर बढाउन सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन ल्याएको थियो, तर दिवा खाजाको रकममा व्यापक अनियमितता भएको महालेखाको प्रतिवेदनले देखाएको छ ।