काठमाडाैँ । मुलुकको समग्र विकासका लागी शिक्षा क्षेत्रमा आमुल सुधार गर्नु पर्ने नेपाली काँग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले जोड दिएका छन् ।

नेपाल शिक्षक संघ धनकुटाको पाँचौ जिल्ला प्रतिनिधि सभाकाे उद्घाटन गर्दै सभापति राईले साे कुरा वताएका हुन् । संघ धनकुटाको पाँचौ जिल्ला प्रतिनिधि सभामा हामी शिक्षकहरुसँग लगायतका विषयमा विभिन्न निर्णय पारित गरेकाे थियाे ।
नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष धिरेन्द्र वहादुर लिम्बुको अध्यक्षतमा सम्पन्न भएको उक्त जिल्ला प्रतिनिधि सभामा पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ्ग, नेपाल शिक्षक संघ कोशी प्रदेशका अर्थ महासचिव राम कुमारी भण्डारी, नेपाली काँग्रेस धनकुटाका उपसभापति सुनिल कुमार डंगोल, जिल्ला सचिवहरु विजय सन्तोषी राई, जयन्द्र घिसिङ्ग, चौविसे गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष रुद्र चेम्जोग, नेपाल शिक्षक संघ धनकुटा नगरपालिकाका अध्यक्ष लक्ष्मी सापकोटा, नेपाल शिक्षक संघ छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष हरी दाहाल लगायतले शिक्षकहरुको पेशागत तथा भौतिक सुरक्षा हुनु पर्नेमा जोड दिएका थिए ।
सोही समारोहमा नेपाल शिक्षक संघ धनकुटाका पूर्व अध्यक्ष भूपदेव राईलाई लोकतान्त्रिक शिक्षक पुरस्कार प्रदान गरिएको थियो भने पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ्ग, चौविसे गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष रुद्र चेम्जोग, नेपाल शिक्षक संघ महालक्ष्मीका पूर्व अध्यक्ष चकेन्द्र वस्नेत र पाख्रिवासका पूर्व अध्यक्ष सन्तोष खड्कालाई नेपाल शिक्षक संघ धनकुटाले सम्मान गरिएको थियो ।
नेपाल शिक्षक संघ धनकुटाका महिला उपाध्यक्ष शोभा वरालले स्वागत मन्तव्य व्यक्त गरेकाे उक्त जिल्ला प्रतिनिधि सभामा जिल्ला सचिव रोहिणी पाण्डेले प्रगती प्रतिवेदन र अर्थ सचिव भोला भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो जिल्ला प्रतिनिधि सभाले शिक्षकहरुको पेशागत तथा भौतिक सुरक्षा लगायत विभिन्न विभिन्न विषयहरुमा निर्णयहरु गरेको अध्यक्ष थिरेन्द्र वहादुर लिम्बुले वताए ।







