काठमाण्डाै । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा वसन्तबहादुर कुँवरलाई नियुक्त गरेको छ ।
आईजीपी बढुवामा कुँवरसहित एआईजीहरु दीपक थापा, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा रहेका थिए । सरकारले वरियताका हिसाबले १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।







