काठमाडाैँ । संसदमा हाजिर गर्ने र हिँड्ने प्रवृत्ति देखिएको भन्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसद खतिवडाले संसद् बैठकमा सांसद्को सङ्ख्या न्यून देखिएकोले यो कुरा राख्न बाध्य भएको वताएका छन् ।
उनी भन्छन्-“प्रधानमन्त्री विशेष कामले बाहिर हुनुहुन्छ होला । प्रतिपक्षी दलको पहिलो, दोस्रो, तेस्रो, चौथो लहरको कुर्सी खाली छ । अन्त पनि पहिलो र दोस्रो लहरका कुर्सीमा सांसदहरु हुनुहुन्न । संसदमा हाटा गर्ने प्रवृत्ति हुनु भएन ।”