ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

खलङ्गाबाट मुगुको रारा तालसम्म हुने ‘रारा अल्ट्रा म्याराथन’ वैशाखमा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ चैत्र १६ गते, ६:३३ बजे
खलङ्गाबाट मुगुको रारा तालसम्म हुने ‘रारा अल्ट्रा म्याराथन’ वैशाखमा
19
SHARES
Share on FacebookShare on Twitter

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गाबाट मुगुको रारा तालसम्म हुने ‘रारा अल्ट्रा म्याराथन’ आगामी वैशाखमा हुने भएको छ । जुम्ला–रारा अल्ट्रा म्याराथनअन्तर्गत वैशाख ११ गते चौथो रारा अल्ट्रा म्याराथन हुन लागेको कर्णाली स्पोर्ट क्लबका जिल्ला अध्यक्ष सरोज शाहीले जानकारी दिए ।

विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायको सम्मान तथा कर्णालीमा खेल पर्यटनको विकास गर्न उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । अध्यक्ष शाहीले भने, ‘विगतका तीनवटा संस्करणको सफलतापछि आगामी वैशाख महिनाको ११ गते क्लबले उक्त प्रतियोगिता आयोजना गर्न लागेकोे छ ।’

धावक रोकायाको सम्मानमा उक्त प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको उनको भनाइ थियो । बितेका वर्षका तयारीअनुसार अब गरिने प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन विभिन्न चार ठाउँमा चेक पोइन्ट उपसमिति तथा दौड हुने मार्गका बजार तथा गाउँमा खेलाडीहरुको स्वागत तथा सत्कारको तयारीको काम भइरहेको छ ।

कर्णालीको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको आँगनबाट सुरु भई रारा तालको हुटु छेउमा अन्त्य हुने उक्त प्रतियोगिताको दूरी ४९ किलोमिटर छ । विगतका तीनवटा प्रतियोगितामा तीन सयदेखि चार सयको हाराहारीमा स्वदेश तथा विदेशका खेलाडी सहभागी रहेकामा यस वर्ष झन्डै दुई हजार खेलाडीको सहभागिता हुने अनुमान गरिएको अध्यक्ष शाहीले बताए ।

गत वर्षको प्रतियोगितामा नेपालका १८ जिल्लाका साथै बेलायत, नेदरल्यान्ड, भारत, इटाली, अमेरिकाबाट समेत खेलाडी सहभागी भएका थिए । आउँदो प्रतियोगिताका विभिन्न विधामा २८ धावकलाई नगद, पदक तथा प्रमाणपत्र प्रदान गरिने भएको छ। उक्त म्याराथनको विजेता महिला पुरुष दुवैलाई जनही रु एक लाख, द्वितीय हुनेलाई रु ७५ हजार, तृत्तीय हुनेलाई रु ५० हजार, सान्त्वना हुनेलाई रु २० हजार र पाँचौँ स्थानमा आउनेलाई रु २० हजारसहित प्रमाणपत्र र पदक प्रदान गरिने भएको छ ।

त्यस्तै, विद्यार्थीहरुबीच पाँच किलोमिटर दूरीको छोटो दौड प्रतियोगिता पनि हुनेछ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार द्वितीय हुनेलाई तीन हजार र तृतीय हुनेलाई दुई हजारसहित प्रमाणपत्र र पदक प्रदान गरिने भएको छ।

यसैगरीे कर्मचारी तथा व्यापारी र उद्योगीबीच पाँच किलोमिटर दूरीको र बालबालिकाको एक किलोमिटर दूरीको दौड प्रतियोगिता पनि हुनेछ । ती प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । उक्त प्रतियोगिताका लागि झन्डै रु २२ लाख खर्च लाग्ने अनुमान गरिएको कर्णाली खेलकुद क्लबले जनाएको छ । यो प्रतियोगितालाई निरन्तरता दिने लक्ष्य रहेको धावक हरिबहादुर रोकायाले बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist