काठमाण्डौं ७ भदौ । आज देशभर गाईजात्रा मनाईदै । गाईजात्रा नेपालमा मनाईने राष्ट्रिय सांस्कृतिक पर्व हो । यो पर्व ऐतिहासिक प्रमाणअनुसार मध्ययुगका राजा प्रताप मल्लले गाईजात्रा मनाउने चलन बसाएका हुन् ।
आफ्नो रानीको मन शान्तपार्ने हेतुले दुनियाँले आफुले जस्तै शोक बेहोर्नुपरेको यथार्थ देखाउन गाईजात्रा निकाली शहर परिक्रम गर्न लगाएका थिए ।
यो विशेष नेवार संस्कृतिबाट प्रारम्भ भएकोले खासगरी काठमाण्डौं उपत्यका र देशका विभिन्न नेवारहरुको बसोबास भएका स्थानमा विशेष महत्वका साथ यो पर्व मनाउने चलन रहेको छ ।
नेवार समुदायमा विशेष गरेर एक वर्षदिन भित्र आफ्ना दिवंगत पितृहरुको सम्मान तथा मुक्तिका लागि यो पर्व अथात् गाईजात्रा मनाउने चलन रहेको छ । यो पर्व जनैपूर्णिमाको भोलिपल्ट धुधाम संग मनाईने गरिन्छ ।