ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

दिक्तेल फुटबल स्टेडियम अलपत्र

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ चैत्र १९ गते, ७:४१ बजे
दिक्तेल फुटबल स्टेडियम अलपत्र
23
SHARES
Share on FacebookShare on Twitter

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारस्थित माटिकोरेमा निर्माणाधीन ‘दिक्तेल फुटबल स्टेडियम’ (रङ्गशाला)को काम अवरुद्ध हुनुको कारणसहित सम्झौताअनुसार पुनःनिर्माण सुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानलाई स्तरोन्नति गरेर रङ्गशाला बनाउने गरी आह्वान गरिएको ठेक्का आशीर्वाद–मोहन एन्ड व्यासीगाउँ–इन्द्रलक्ष्मी जेभीले लिएको छ ।

प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा सम्पन्न गर्ने दुई करोड ९६ लाख ४१ हजार चार सय ९५ ठेक्का सम्झौता भएको निर्माणाधीन रङ्गशालामा ढेड महिनादेखि ठेकेदार कम्पनीले कुनै पनि काम गरेको छैन । सुरुआती चरणमै काम नभएपछि प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले ठेकेदार कम्पनीलाई पठाएको पत्रमा समयमै निर्माण सुरु नगरी सम्झौतामा उल्लेखित समयभित्र कार्य सम्पन्न नभएमा कार्यालयबाट म्याद थप नहुने उल्लेख गरिएको छ ।

नगरपालिकाले ठेकेदार कम्पनीलाई लेखेको पत्रमा निर्माणसम्बन्धीको मासिक प्रगति विवरण पेस गर्नसमेत भनिएको छ । रङ्गशालाको काम गर्दागर्दै ठेकेदारले बिनाकारण काम रोकेर अलपत्र छाडेको स्थानीय बासिन्दाले बताएका छन् । योजनाको सम्झौताबमोजिम पहिलो किस्ता पेश्की भुक्तानी भइसकेको तर निर्माण सुरु नभएको जनाउँदै नगरपालिकाले समयमै योजना सम्पन्न हुनेमा विश्वास गर्न सकिने अवस्था नभएको जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा एकमात्र माटिकोरे खेलमैदानलाई रङ्गशालाको रूप दिने गरी काम सुरु गरिएको थियो । विसं २०८१ वैशाख २९ गतेसम्ममा सम्पन्न गर्ने गरी विसं २०७९ असार २९ गते सम्झौता गरिएको रङ्गशाला निर्माणका लागि भन्दै केही दिन स्काभेटर र टिपर निर्माणस्थल लगिएको थियो । अहिले निर्माणस्थलमा कुनै पनि औजार नरहेको जनाइएको छ ।

जिल्लाका दशवटै स्थानीय तहले खेलमैदान निर्माणको काम सुरु गरे पनि अहिलेसम्म कुनै पनि सम्पन्न भएको छैन । जिल्लाका हरेक स्थानीय तहले ‘एक वडा, एक खेलमैदान’को अवधारणसहित खेलमैदान निर्माणको काम सुरु गरेको थियो । जिल्लामा व्यवस्थित खेलमैदान नहुँदा करिब छ महिना खेलकुदका गतिविधिसमेत शून्यजस्तै हुने गरेको छ ।

खेलमैदान अभावमा स्थानीय युवा तथा फुटबल क्लबहरूले हिउँदको समयमा खुला चौरमा खेलकुदका गतिविधि सञ्चालन गर्दै आएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सोल्मा स्पोर्टस् क्लबले मात्र अहिलेसम्म मापदण्डअनुसारको खेलमैदान निर्माण गरेको छ । ठूलो धनराशि खर्च भए पनि बुइपामा निर्माणाधीन खेलमैदान अझै सञ्चालनमा आउन सकेको छैन ।

केपिलासगढी गाउँपालिकामा निर्माणाधीन बाक्सिला खेलमैदानसमेत अलपत्र अवस्थामा छ । वडा नं ४ बाक्सिला बजारका स्थानीय छ जना दाताले निःशुल्क उपलब्ध गराउनुभएको रु ४६ करोड बढी मूल्यको जग्गामा प्रदेश सरकार तथा गाउँपालिकाको लगानीमा खेलमैदान निर्माण सुरु गरिएको हो ।

पाँच वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको बाक्सिला खेलमैदान अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड रहने निर्माण उपभोक्ता समितिले जनाएको थियो । प्रतियोगिता भएको समयमा कम्तीमा पनि ५० हजार बढी दर्शक बस्न सक्ने गरी प्यारापिट बनाउने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist