ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

आर्थिक स्रोतको अभावले बन्द हुने अवस्थामा ‘श्रव्य पुस्तकालय’

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ चैत्र २० गते, ७:३८ बजे
Tunnel farming transformed the agriculture in Vijaychhaap
17
SHARES
Share on FacebookShare on Twitter

झापा । दृष्टिविहीनका लागि विर्तामोड–४ मा स्थापित ‘श्रव्य पुस्तकालय’ आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा पुगेको छ । तत्कालीन प्रतिनिधिसभा सदस्य पवित्रा खरेल निरौलाले संसद् विकास कोषमार्फत झापा नेत्रहीन संघलाई दिएको बजेटबाट तीन वर्षअघि उक्त पुस्तकालय स्थापना गरिएको थियो ।

संघले उक्त बजेटबाट ‘श्रव्य पुस्तकालय’का लागि आधुनिक रेकर्डिङ स्टुडियो निर्माण गरेको छ । पुस्तकालयमा डेक्सटप कम्प्युटर, मिक्चर, माइक, दराज, फर्निचरलगायतका भौतिक साधन छन् । दराजमा दुई चार पुस्तक पनि सजाइएका छन् । सङ्घका अध्यक्ष यशोदा बरालका अनुसार सञ्चालनका लागि आवश्यक पर्ने सबैभन्दा महत्वपूर्ण श्रव्य किताब पुस्तकालयमा छैनन् ।

दृष्टिविहीनले सुन्नका लागि आवश्यकीय किताब रेकर्ड गर्ने प्राविधिक जनशक्ति र आर्थिक स्रोत सङ्घसँग नभएको अध्यक्ष बराल बताउछन् । “दृष्टिविहीन थुप्रै साथीहरु लोकसेवा र शिक्षासेवा आयोगमा परीक्षा दिने तयारीमा हुनुहुन्छ”, उनले भने, “उहाँहरु संघले श्रब्य पुस्तकालयमा त्यस्ता किताबको खोजी गर्नुहुन्छ । नपाएपछि निराश भएर फर्किन बाध्य हुनुहुन्छ ।”

दृष्टिविहीन नयाँ साहित्यिक तथा पाठ्यपुस्तक सुन्न चाहन्छन् । यसका लागि संघले बजारमा उपलब्ध किताबलाई पुस्तकालयको कम्प्युटर प्रयोग गरेर श्रब्य सामग्री उत्पादन गर्ने सोच बनाएको छ तर, प्राविधिक जनशक्ति राख्नका लागि चाहिने तलब कहाँबाट जुटाउने भन्ने समस्या भएको झापा नेत्रहीन सङ्घका कोषाध्यक्ष दिलकुमार राजवंशी बताउछन् ।

उनका अनुसार एक जना प्राविधिक नियुक्त गर्नका लागि सङ्घले जिल्लाका सबैजसो पालिका र विभिन्न दातृसंस्थामा सहयोगको याचना गर्दै प्रस्ताव पठाएको थियो । “नेत्रहीनको मागलाई कसैले पनि गम्भीरतापूर्वक लिनुभएन”, उनले निराशा व्यक्त गर्दै भने, “श्रव्य पुस्तकालय सञ्चालनका लागि वार्षिक रु पाँच लाख आवश्यक पर्छ ।”

झापा नेत्रहीन सङ्घ जिल्लाका सबै दृष्टिविहीनको साझा संस्था हो । यसमा एक सय १५ साधारण सदस्य रहेका छन् । जसमध्ये ७२ जना पुरुष र ४३ महिला छन् । संघ अधिकांश सदस्य माध्यमिक शिक्षा परीक्षा(एसइई) तह उत्तीर्ण छन् भने शिक्षण पेसामा १६ कार्यरत रहेको विर्तामोड–३ स्थित अनारमनी आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएको दृष्टिविहीन भरत राजवंशी बताउछन् ।

शिक्षक राजबंशीका अनुसार १६ शिक्षकमध्ये १० स्थायी छन् भने छ राहत शिक्षक हुन् । अगरबत्ती, फिनेल र साबुन बनाउने उद्योग सञ्चालन गरेका दृष्टिविहीन पनि छन् । खासगरी जागिरमा लाग्न विभिन्न आयोगको तयारी गरिरहेका दृष्टिविहीन आफूलाई आवश्यक पर्ने श्रव्य पुस्तकको रेकर्डिङ सामग्री खोज्दै संघको कार्यालय धाउने गरेको सङ्घका कोषाध्यक्ष राजवंशी बताउछन् ।

आर्थिक अभावका कारण सङ्घले उद्देश्यमूलक ढङ्गले पुस्तकालय सञ्चालन गर्न सकेको छैन । संघ कार्यालय रहेको स्थानबाट विर्तामोड नगरपालिकाको प्रशासनिक भवन एक सय मिटरको दूरीमा रहेको छ । विर्तामोड नगरपालिकाले अरु विषयमा सहयोग नगरेको होइन । तथापि श्रव्य पुस्तकालय प्रयोजनविहीन भइरहेको अवस्थामा नगरपालिकाको सहयोगी हात बढेको छैन ।

राज्यले दृष्टिविहीनलगायतका अपाङ्गता भएका नागरिकको हक, हित र अधिकारलाई सुनिश्चित गर्ने कुरा संविधानमै उल्लेख गरेको छ । उनीहरुको गाँस, बास र कपासको आवश्यकता मात्र होइन, शिक्षा, स्वास्थ्य र रोजगारीको विषय पनि राजनीतिक नाराको अग्रसूचीमै पर्ने गरेको छ । रमेश प्रसाई, मेनुका पौडेल, सागर अधिकारीजस्ता राष्ट्रिय प्रतिभा जन्माउने झापा जिल्लामा दृष्टिविहीनले स्थापना गरेको श्रव्य पुस्तकालय बन्द हुने अवस्था सिर्जना हुनु चाहिँ ज्यादै बिडम्वनाको विषय भएको जनाइएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist