विराटनगर । भारतको जोगबनी–४ इन्द्रनगर टिकुलिया बस्तीमा लागुऔषध कारोबारीबीच गोलि हानहान भएको छ ।
नेपाल–भारत सीमा क्षेत्रको दरैया नाका नजिक सोमबार बिहान ४ बजे टिकुलिया वस्तीका अंकित सिंहलाई गोलीको छर्रा लाग्दा उनि घाईते भएका छन् ।
घाईते सिंहको विराट नर्सिङ्ग होममा उपचार भईरुहेको छ । सिंह पनि लागुऔषध कारोबारी हुन् । उनलाई अर्को लागुऔषध कारोबारीले नै गोलि हानेको बुझिएको छ ।
यसअघि समेत त्यो समूहबीच पटक–पटक विवाद उत्पन्न हुँदै आएको थियो । भारतबाट लागुऔषध नेपाल पठाउने र नेपालबाट जाने गाँजा भारतमा कटाउने काममा सिंह सक्रिय रहेको बताइन्छ ।







