ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

क्षमा पूजा गरेर लाखे नाच स्थगन

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ७ गते, १३:३२ बजे
क्षमा पूजा गरेर लाखे नाच स्थगन
22
SHARES
Share on FacebookShare on Twitter

खोटाङ ७ भदौ । विगतका वर्ष खोटाङका नेवार समुदायले लाखे नाच्दै गाईजात्रा मनाउने गरेका थिए । तर, यसवर्ष नेवार समुदायको गाईजात्रा सुनसान छ । जनैपूर्णिका दिनदेखि सुरु हुने लाखे नाच स्थगन गरिएको छ । कोभिड–१९ को महामारीका कारण यसपल्ट कोठामा क्षमा पूजा गरेर लाखे नाच स्थगन गरिएको दिक्तेलबजार सामाजिक गुठीका सचिव नूरकाजी शैंजूले बताए ।

जिल्लामा लाखे नाच स्थगन गरिएको सम्भवतः पहिलो हो । ‘१२÷१५ जनाको लाखे निकालेको भए पनि हुन्थ्यो, तर हामीले रोक्ने निर्णय गरेका छौँ,’ गुठीका सचिव शैंजूले न्युज कारखानासँग भने, ‘कोठामा क्षमा पूजा गरेर लाखे नाचलाई स्थगन गरेका छौँ । यसपल्ट लाखे नाच निकाल्दैनौं ।’

जिल्लामा कोभिड–१९ को संक्रमण दर तीव्र छ । संक्रमण फैलिएका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई सील गरिएको छ । कोभिड–१९ को संक्रमण फैलिने त्रासकै कारण लाखे नाच स्थगन गर्ने निर्णय गरिएको गुठीका सचिव शैंजूले बताए । संक्रमण फैलने त्रासकै कारण सोमबारको गाईजात्रासमेत सुनसान बन्न पुगेको छ ।

गाईजात्राको दिन नेवार समुदायमा वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मृतकको तस्बिर र गाईको तस्बिर राखिएको मन्दिर आकारको तामाचालाई सिंगारेर रामायण गाउँदै बजार परिक्रमा गराउने प्रचलन छ । तर, कोरोना महामारीकै कारण यसपल्ट सम्वन्धित् घर अगाडि मृतकको तामाचा निकालेर पूजाआजा गरेर साँझमा सेलाउने तयारी गरिएको सचिव शैंजूले बताए ।

गाईजात्रा मृतकका सम्झना गर्ने विशेष दिन हो । यसले कुनै एक ठाउँका नेवार समुदायमा वर्षभरी कति जनाको मृत्यु भयो भन्ने पनि देखाउँछ । यस वर्ष दिक्तेल बजार सामाजिक गुठीका १६ जना गुठीयारको निधन भएको छ । ‘हरेक वर्ष मृतकको तामाचा बनाएर रामायण भजन गाउँदै बजार डुलाउने गरिएको थियो,’ शैंजूले न्युज कारखानालाई भने, ‘यसवर्ष भने सम्वन्धित् परिवारका सदस्य मात्रले घर अगाडि तामाचा निकालेर पूजाआजा गर्ने र साँझमा सेलाउने तयारी गरिएको छ ।’ दिक्तेलकै मूलधारा, पात्ले पानी लगायतका ठाउँमा सामाजिक दूरी कायम गरेर तामाचा सेलाइने गुठीले जनाएको छ ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्ठमीसम्म आठ दिन मनाइने परम्परागत गाईजात्राको मुख्य दिन दिक्तेलबजारमा दिवंगत आफन्तको सम्झनामा मृतकको घरमा पुगेर आँगनमा तामाचा राखेर मृतकको योगदानका विषयमा चर्चा गर्दै जीवनीमा आधारित गीत गाउने प्रचलन छ । यस्तै, मृतककै सम्झनामा गणेश स्तुती एवं रामायण भजन गाउँदै बजार परिक्रमा गर्ने परम्परा रहिआएको छ । गाईजात्रामा अगाडि लाखे नाचको टोली हुन्छ, त्यसको पछि–पछि रामायण भजन गाउने अर्को टोली हिँड्ने गरेका छन् ।

गाई वा गाईको प्रतिकले नगर परिक्रमा गराउँदा वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाएर वैतरणी तर्ने धार्मिक विश्वास छ । गाईजात्राका अवसरमा श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने पराम्परा रहेको छ । लाखे जात्राको मुख्य आकर्षण मुकुण्डोधारी लाखे नाच हुन्छ । ढोल, झ्याम्टाको तालमा जातीय संस्कृति र परम्पराहरुको नक्कल गर्दै मुकुण्डोधारी लाखेसहित सबैले नाच्ने र रमाइलो गर्ने गर्छन् । लाखे नाच अर्थात गाईजात्रा, हिलेजात्रा मनाउनेक्रममा स्थानीय लोकभाका, भेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडेजात्रा लगायतका जात्रा देखाउँदै मनोरञ्जन गर्ने प्रचलन छ ।

जिल्लाको दिक्तेल, बुईपा, ऐंसेलुखर्क, खोटाङबजार, अर्खौले, दोर्पाचिउरीडाँडा लगायतका नेवार समुदायले धुमधामका साथ गाईजात्रा मनाउने गरेका छन् । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउन नागरिकलाई दिएको आदेशअनुसार गाईजात्रा पर्व सुरु भएको मानिन्छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist