ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

काकरभिट्टा भन्सारको चेकजाँचमा कडाई, जनप्रतिनिधि र स्थानीयको आपत्ति

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ चैत्र २१ गते, १७:२२ बजे
काकरभिट्टा भन्सारको चेकजाँचमा कडाई, जनप्रतिनिधि र स्थानीयको आपत्ति
25
SHARES
Share on FacebookShare on Twitter

झापा । राजश्व संकलनमा कडाई गर्ने उद्देश्यले मेची भन्सार कार्यालयले पूर्बी नाका काँकरभिट्टामा चेकजाँचलाई कडाई गरेको छ । मेची भन्सार कार्यालय काँकरभिट्टामा प्रमुखको रुपमा रामप्रसाद पाठक आए लगत्तै पूर्वी नाकामा एशियन हाइवेमा चेकजाँचलाई कडाई गरेका हुन् ।

मुख्य राजमार्ग ( सिमा नाका) बन्द गरी यात्रु शाखामा सवारीलाई प्रवेश गराएर चेकजाँच शरु गरेसंगै यात्रुहरुलाई समस्या भएको आवाज उठ्न थालेको छ ।भारतबाट आउने यात्रुहरुलाई मुख्य एशियन हाइवेमा चेकजाँच नगरी उत्तरपट्टी यात्रु शाखामा प्रवेश गराई चेकजाँच गर्दा झन्झटिलो भएको भन्दै उनीहरुले आवाज उठाएका हुन् ।

भारतबाट नेपाल प्रवेश गर्ने चारचक्के सवारीसाधनलाई र नेपाल र भारतका सबै यात्रुहरुलाई उत्तरपट्टी भन्सार कार्यालयको हाताभित्र प्रवेश गराई त्यहाँ चेकजाँच शुरु गरेसंगै स्थानीयले मेची भन्सार कार्यालयले अनावश्यक रुपमा दुःख दिएको भन्दै आवाज उठाएका हुन् । अहिले चेकजाँचका नाममा मेची भन्सार कार्यालयले एसियन हाइवेको सट्टा देवकोटा पार्क निकाल्ने गरी यात्रु र सवारीलाई सञ्चालन गराइँदै आएको बताइएको छ ।

मुख्य राजमार्ग नाका बन्द गरी यात्रु शाखामा प्रवेश गराएर चेकजाँच गर्दा यात्रुहरुलाई समस्या भएको भन्दै जनप्रतिनिधिहरुले समेत त्यसप्रति चासो राखेका छन् । भन्सार प्रमुख पाठकको त्यस कार्यप्रति उनीहरुले आपत्ति जनाएका छन् ।

यसअघि हाइवेमै चेकजाँचको व्यवस्था रहेकोमा पाठकले नयाँ नियम लागू गरेको जनप्रतिनिधिको भनाई छ । यात्रु शाखामा यात्रुहरुलाई प्रवेश गराई चेकजाँच गर्ने नयाँ नियम लागू गरिएपछि धेरै समय लाग्ने र घुमेर जानुपर्ने झन्झट भएको स्थानीयको गुनासो छ । यात्रु शाखामा थालिएको चेकजाँचप्रति यात्रुहरुले आपत्ति जनाएको चेकजाँचमा खटिएका सुरक्षाकर्मीहरु नै बताउँछन् ।

यसअघि नेपालतर्फ मेची पुलमा सशस्त्र प्रहरीले चेक गरिसकेपछि भन्सार कार्यालय छेउ बाटोमा प्रहरीसहित भन्सार कर्मचारीहरुले चेकजाँच गर्ने गरेका थिए । अहिले तीनचक्के सवारीसाधनहरु हाइवेबाट संचालन भइरहेका छन् । भन्सार प्रमुख पाठकले तीन चक्के सवारीसाधनलाई पनि हाइवेबाट चल्न नदिने भएका छन् । उनले दक्षिणपट्टीबाट तीन चक्के सवारीसाधन जानेगरी व्यवस्था मिलाउन थालेका छन् ।

आफूहरुको प्रमुख दायित्व नै राजश्व संकलन हो उनले भने – हामीले कसैलाई दुःख दिने नियतले यो काम गरेका छैनौं यो हाम्रो कर्तव्य हो । यसमा कसैले आपत्ति जनाउनु पर्ने कुरै छैन । यसलाई खासी इस्यू मात्रै बनाइएको हो ।

यात्रुहरुलाई दुःख दिने नियतले नभई राज्यको लागि राजश्व बढीभन्दा बढी संकलन गर्ने उद्धेश्यले सो नियम बनाएको हो भन्सार प्रमुख पाठकले भने – अहिलेसम्म हामीलाई यो नियमले समस्या भयो भन्दै कोही आउनु भएको छैन । यो सबै अनावश्यक विषय मात्रै हो ।

यता प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आफूलाई समेत सो विषयमा गुनासो आएको र आफूले अनुगमन समेत गरेको बताएका छन् । उनले भन्सार विभागबाट केही निर्देशन आएर निर्देशन बमोजिमको कार्य गर्दा यात्रुलाई कठिनाई भएपनि भन्सारले गर्ने काममा आफूहरुले समन्वय मात्रै गर्ने बताएका छन् । एसियन हाइवे नै रोकिएको छैन प्रमुख जिल्ला अधिकारी पोखरेलले भने चेक जाँचमा चाँही कडाई भएको चाँहि हो ।

यता मेची नगर प्रमुख गोपाल वुढाथोकीले हाइवे बन्द नगर्न र जनसाधारणलाई दुःख नदिन आफूले भन्सार प्रमुख पाठकलाई आग्रह गरिसकेको बताएका छन् । झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेकपा एमालेका नेता अग्नि खरेलले पनि भन्सार प्रमुख पाठकको त्यस कार्यप्रति आपत्ति जनाएका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist