ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

उद्योग मेला महोत्सवबाट उद्यमी उत्साहित

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ चैत्र २२ गते, ११:२२ बजे
Tunnel farming transformed the agriculture in Vijaychhaap
19
SHARES
Share on FacebookShare on Twitter

–सन्तोष पुर्कुटी

ताप्लेजुङ । गत वर्ष आयोजना भएका औद्योगिक मेलापछि उद्योगी व्यवसायीबाट राम्रो प्रतिक्रिया पाएपछि घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले यस वर्ष पनि मेला आयोजना गरेको छ । सदरमुकाम फुङ्लिङमा औद्योगिक कृषि तथा पर्यटन मेला लागेको छ ।

मेलामा यस वर्ष कोशी प्रदेशका विभिन्न जिल्लाका उद्यमी एकैठाउँमा जम्मा भएका छन् । सबैले आफ्ना उत्पादन ल्याएर प्रदर्शनसहित बिक्री गरिरहेका छन् । पाँचथरको मिक्लाजुङ–१ बाट अघिल्लो वर्ष किबी, गुराँसका जुस, अचारलगायतका उत्पादन लिएर आउनुभएकी जुनु लावती यस वर्ष पनि मेलामा विभिन्न उत्पादन बोकेर आएका छ ।

“औद्योगिक मेला महोत्सवले हामी साना उद्योगी व्यवसायीलाई फाइदा भएको छ, पहिले यसरी मेला महोत्सव खासै हुँदैनथे, आजभोली समय–समयमा हुने मेला महोत्सवले उत्साह मिलेको छ”, उनले भने । सबै क्षेत्रका उद्योगी, व्यवसायी र ग्राहकसँग सम्बन्ध विस्तार गर्न मेला तथा महोत्सवले सहयोग पुगेको लावतीले बताए ।

उद्योग मेलामा भएको प्रदर्शनले टाढा–टाढाका ग्राहक जोडिने र समय–समयमा माग आइरहन्छ । झापाको भद्रपुरबाट हस्तकलाका सामान लिएर आउनुभएकी गीता शाक्यले उद्योग मेलाबाट थप प्रेरणा र हौसला मिल्ने गरेको बताए । “हामी उत्पादन लिएर विभिन्न जिल्लामा आयोजना भएका उद्योग मेलामा पुगेका छौँ, यसले नवीनतम् उत्पादन र सोचको विकासमा सहयोग पुग्यो, समय–समयमा हुने उद्योग मेलाले थप प्रेरणा र हौसला मिलेको छ”, उनले भने ।

बाँस र काठबाट बनेका हस्तकलाका सामग्री विदेशमा समेत निर्यात गर्न थालेको शाक्यले बताए । अष्ट्रेलिया, अमेरिकालगायत देशमा उत्पादन पठाउने गरेको उनले बताए । वि.सं २०६१ देखि उद्योग सञ्चालन गरेकी शाक्यले आफ्नो उद्योगमा चार जनालाई रोजगारी प्रदान गरेको बताए । सदरमुकाम फुङ्लिङकी माया गुरुङ पनि अलैँचीबाट निर्मित विभिन्न घरायसी प्रयोगका सामानसहित मेलामा आएको छन् ।

उद्योगबाट महिनौँ दिनमा बिक्री हुने सामान मेला महोत्सवमा एकै दिनमा बिक्री हुने गरेको उहाँको अनुभव छ । देश–विदेशका उद्योग मेलामा पुगिसकेकी गुरुङ भन्छिन्, “उद्योग मेलाले उद्यमीलाई ठूलो मद्दत पुग्ने रहेछ, सबै ठाउँका उद्यमी र ग्राहकलाई मेलाले एकापसमा जोड्ने रहेछ, जसले नयाँ सिर्जना र बजारीकरणमा सहयोग मिल्नुका साथै उत्साह प्रदान गर्छ ।”

तेह्रथुमको म्याङ्लुङकी विमला केरुङले पछिल्लो समय आयोजना हुने गरेका उद्योग मेला–महोत्सवले फाइदा पुगेको बताए । यसबाट बजारीकरणमा मद्दत पुग्ने गरेको उनको भनाइ छ । उद्योग मेलामा कृषि उत्पादनको समेत प्रदर्शनी राख्दा किसानलाई फाइदा पुग्ने गरेको छ । प्रदर्शनीले नयाँ ग्राहक जोड्ने र ज्ञान सीपको आदान–प्रदान हुने गरेको स्थानीय भीम गुरुङले बताए ।

“कृषि प्रदर्शनीले ज्ञान, सीप आदान–प्रदान गर्ने वातावरण बनाउँछ, कृषकबीच सम्बन्ध विस्तार गर्ने रहेछ, सरोकारवाला व्यक्ति तथा संघसस्थासँग सम्बन्ध जोडिने र यसले किसानलाई आवश्यक सहयोग पुग्ने देखियो”, उनले भने । प्रायः बाहिरबाट आयात हुने कृषि उत्पादनको उपभोग गर्दै आएका उपभोक्ताले समेत स्थानीय उत्पादनका बारेमा जानकारी पाउने भएकाले कृषि उत्पादनको बजारीकरण थप फराकिलो हुँदै जाने गुरुङले बताए ।

उद्योग मेलाले उद्यमी बन्ने अवसर खोजिरहेकालाई समेत सहयोग पुग्ने गरेको पाइएको छ । उद्योग मेला तथा महोत्सवमा स्थापित उद्योगी व्यवसायीको ज्ञान, सीप र अनुभवसमेत लिन पाइने भएकाले यसले नयाँ सोच भएकालाई फाइदा पुग्ने उद्यमी विष्णु श्रेष्ठले बताए ।

‘हामीकहाँ थुप्रै व्यक्ति कसरी उद्यमी बन्ने भन्ने चासो लिएर बुझ्न आउने गर्नुहुन्छ, सीप कहाँ सिक्ने, कसरी उद्योग स्थापना गर्नेजस्ता जिज्ञासा लिएर आएकालाई जानेसम्मका कुरा भनेर पठाइदिन्छौँ’, श्रेष्ठले भने । मेलामा व्यावसायिक ज्ञान, सीपको आदान–प्रदान हुने भएकाले बेरोजगार भएर बसिरहेकालाई प्रेरणा मिल्ने उहाँले दाबी गरे ।

त्यसैगरी, स्थानीय कच्चा पदार्थको अधिकतम् उपयोग गरी रोजगारी सिर्जना गर्न र सर्वसाधरणलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता भएको सरोकारवालाले बताएका छन् । जति उद्यमी सिर्जना गर्न सकियो उति नै बेरोजगार घट्ने र मुलुकको अर्थतन्त्रमा सहयोग पुग्ने सरोकारवालाले बताएका छन् ।

यहाँ आयोजित उद्योग मेलाको उद्घाटनका क्रममा कोशी प्रदेशका पूर्वमन्त्री प्रतापप्रकाश हाङ्गामले सर्वसाधारणलाई सफल उद्यमी बनाउन राज्यले ज्ञान, सीपसहित अनुदान दिनुपर्ने बताए । ज्ञान, सीप र प्रविधिसहितको सहयोग गरेर राज्यले बजारीकरणमा समेत सहयोग गर्न सके स्थानीय कच्चा पदार्थको उपयोग, रोजगारी सिर्जना हुनुका साथै आर्थिक सङ्कटजस्ता समस्याको समाधान हुने उनले बताए ।

यस्तै, नयाँ प्रविधि र बजारीकरणमा राज्यले थप सहयोग पुर्याउने आवश्यक भएको उद्योगी व्यवसायीले बताएका छन् । पुरानै प्रविधिको प्रयोगले उत्पादनमा लागत बढ्ने, बजारमा आएका उस्तै उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकिनेजस्ता समस्या भएको उनीहरूले बताए ।

यहाँ आयोजित औद्योगिक कृषि मेला यही चैत २५ गतेसम्म चल्नेछ । मेलामा पाँचथर, तेह्रथुम, धनकुटा, झापा, इलामलगायत जिल्लाका उद्यमी तथा व्यवसायी सहभागी छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist