विराटनगर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई कोसी प्रदेश सरकारले सम्मान गरेको छ।
प्रदेश राजधानी राटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगिताका पदक विजेता कोसी प्रदेशका खेलाडीलाई प्रदेश सरकारले सम्मान गरेको हो ।
खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री हिक्मत कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा आफू नरहेको बताए ।
मुख्यमन्त्री कार्कीले खेलकुद क्षेत्रमा पार्टी र गुटगत राजनीति गर्न नहुने बताउँदै संवैधानिक र कानुनी प्रक्रिया पुर् याएर काम गर्न प्रदेश खेलकुद बोर्डका पदाधिकारीलाई निर्देशन दिएका थिए ।
कार्यक्रममा झापाको कमल गाउँपालिकामा रहेको रंगगशाला र मोरङको झापा वैजनाथपुरस्थित रंगशालालाई तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरको रंगशालाको रुपमा निर्माण सम्पन्न गर्ने गरी कोसी प्रदेश सरकारले काम अगाडि बढाउने मुख्यमन्त्री कार्कीले जानकारी दिएका छन् ।