तरहरा ७ भदौ । कोशी राजमार्ग अन्तर्गत धरान इटहरी सडक खण्डमा पर्ने तरहराको पानिपियामा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०००१–६–८४४५ नम्बरको ट्याङ्करको ठक्करबाट विराटनगर महाननगरपालिका १४ का २० वर्षीय सफल राजवंशीको निधन भएको हो ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डीएसपी सुमन तिम्सिनाका अनुसार तरहराको पानीपिया नजिकै आज १२ः१० बजे दर्घटना भएको थियो । सो गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको तिम्सिनाले जानकारी गराए ।
यस्तै, दुर्घटनाबाट सोही ठाउँका १८ वर्षीय अविनाश राजवंशी घाइते भएका छन् । उनको वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।
ट्याङ्करका चालकलाई प्रहरी चौकी तरहराले पक्राउ गरेको छ । उनि इटहरी उपमहानगरपालिका ४ का २८ वर्षीय थुलमान राईलाइ भएको तरहरा चौकिले जानकारी दिएको छ ।