– सुरेन्द्र भण्डारी
झापा । धरान ११ निवासी ४३ वर्षीया हेमा सुनारको ‘ल्याप्रोस्कोपिक सर्जरी’ मार्फत पाठेघरको ट्युमर निकालिएको छ । बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा प्रफेसर डा. अजय अग्रवालले उनको ट्युमर निकालेका हुन् ।
“हामीले उपचार गरेको महिलाको पाठेघरको बहिरी भाग सुन्निएको र ट्युमर पलाएकाले पाठेघर नै फाल्नु पर्ने अवस्था थियो”, डा. अग्रवालले भने, “सानो आन्द्रा समेत जोडिदा पाठेघर फाल्न सहज थिइन तर, दुरविनको माध्यमबाट पेट नचिरिकन सानो – सानो प्वाल बनाएर सर्जरी गर्दै सहज रुपमा उनको उपचार गरेका हौं ।”
पछिल्लो समय ओपन सर्जरीको सट्टा ‘ल्याप्रोस्कोपिक सर्जरी’ लोकप्रिय बन्दै गएको छ डा. अग्रवालले भने, “हामीले ओपन सर्जरी भन्दा सहज र सरल तरिकाले हेमाको उपचार सम्भव गरेका हौं ।”
अन्य अस्पतालले पाठेघर नै फाल्नु पर्छ भनेका रहेछन् तर, हामीले पाठेघर नफाली ट्युमर मात्रै निकाले र फालेका छौं डा अग्रवालले भने, ” जटिल शल्यक्रिया भएपनि उनको टासिएको सानो आन्द्रालाई समेत हामीले छुट्याएर सहज र सफल उपचार गरेका हौं ।”
अस्पतालले सहज रुपमा आफ्नो ‘ल्याप्रोस्कोपिक सर्जरी’ मार्फत पाठेघरको ट्युमर निकालेको भन्दै हेमाले खुशी व्यक्त गरेकी छिन् ।
उनले भनिन्, “शुरुमा पत्यार लागेको थिएन म पनि साथी मार्फत यहाँ उपचारका लागि आएकी थिए तर, यहाँ गर्ने व्यवहार र उपचारले प्रभावित भए ।”
अस्पतालका कार्यकारी निर्देशक आनन्द वस्नेतले सेवाग्राहीलाई सरल, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन लागि परेको बताएका छन् । उनले पछिल्लो समय अस्पतालले स्वास्थ्य सेवालाई समेत थप स्तरोन्नति गर्दै लगेको र आम नागरिकलाई सुलभ रुपमा सेवा उपलब्ध गराउदै आएको बताए । निर्देशक बस्नेतले अस्पतालमा स्वास्थ्य विमा समेत लागू गर्ने बताएका छन् ।