ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढाइने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ चैत्र २६ गते, १५:४९ बजे
स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढाइने
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । सम्झौता भएको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ । सडक निर्माण अघि बढाउन निर्माण कम्पनी अप्रिलमै आउने तय भएको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाका प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

केही समय पहिले चिनियाँ दूतावासका प्रतिनिधि निर्माणस्थल पुगेका थिए । सो अवसरमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, आयोजना प्रमुख र दूतावासका दुईजना प्रतिनिधिबीच सडक निर्माण अघि बढाउने विषयमा छलफल भएको उनकाे भनाइ छ ।

उक्त बैठकमा चिनियाँ पक्षले नेपाल सरकारले काम अघि बढाउनुपर्ने भनेको जानकारी गराएको थियो । उक्त सडक खण्डमा अहिले कतिपय स्थानमा बिजुलीको पोल स्थानान्तरणको समस्या रहेको योजना प्रमुख श्रेष्ठको भनाइ छ ।

सरकारले सन् २०१८ मा सो सडक चीन सरकारको सहयोगमा निर्माण गर्ने गरी सम्झौता भएको थियो । कोभिडभन्दा पहिले निर्माण कम्पनी निर्माणस्थल पुगेको थियो । त्यतिबेला चिनिँया नयाँ वर्षको कारण उनीहरु चीन गएको र त्यसपछि नफर्किएको उनले बताए ।

“तत्कालीन समयमा चिनियाँहरु नयाँ वर्ष मनाउने चीन गएपछि कोरोना महामारी सुरु भयो र उनीहरु समयमै फर्कन पाएनन्”, उनले भने । वि.सं २०७२ मा नाकाबन्दीपछि चीनतर्फको नाका खोल्नका लागि सरकारले सो योजनालाई प्राथमिकतामा राखेको थियो । भारत र चीन जोड्ने द्विदेशीय नाकाका रुपमा विकास गर्न खोजिएको योजनाले जनाएको छ ।

पहिले रसुवाबाट चीन जोड्न धुन्चेको बाटो प्रयोग हुने गरेको थियो । रसुवाको सदरमुकाम धुन्चे पुग्न बढी उचाइमा जानुपर्ने र साँघुरो, घुम्ती बढी भएकाले नयाँ सडकको अवधारणा ल्याइएको प्रमुख श्रेष्ठको भनाइ छ । बेत्रावतीबाट माथिल्लोतर्फ लाग्दा धुन्चे पुगिने र देब्रे लाग्दा त्रिशूलीको किनारैकिनार मैलुङहुँदै स्याफ्रुबँेसी गएर पुरानो बाटोमा भेटिन्छ ।

यो सडक खोलाको किनारै किनार जाने र साँघुरा घुम्ती नरहेको उनले बताए । लम्बाइका हिसाबले पनि सडक झण्डै २५ किमी छोटो हुनेछ । उनले भने, “तुलनात्मक रुपमा छोटो छ र उकालो ओरालो पनि कम रहेको छ ।”

रसुवागढीसम्म पुग्ने सडक पृथ्वी राजमार्गको गल्छीबाट सुरु हुन्छ । गल्छीबाट नारायणगढहुँदै वीरगञ्जको थोरी हुँदै रक्स्यौल नाका जोड्न सकिन्छ । गल्छीबाटै सङ्घीय राजधानी काठमाडौँ वा पश्चिमतर्फ पोखरा वा बुटवल जान सकिन्छ । कोभिडको समयमा कुनै पनि काम नभएकामा अहिले निर्माण अघि बढाउने उद्देश्यले दातृ निकाय आउन थालेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले बताए ।

स्याफ्रुबेँसी-रसुवागढी सडकमा निर्माण कम्पनी ठेक्का सम्झौता गरेर गएपछि नआएकोमा अहिले स्थलगत भ्रमण भएको श्रेष्ठले बताउनुभयो । महाशाखाले यसबीच निर्माण अघि बढाउन इमेलमार्फत सम्पर्क गरिरहेको प्रमुख डा. जैसीको भनाइ छ । उनीहरुले पहिले कोभिडका कारण आउन नसकेको भनेका थिए ।

कोभिडका कारण अघि बढ्न नसकेका आयोजना विशेष गरी चिनियाँ परियोजनामा गति लिने देखिएको छ । चीनसँग जोड्ने छोटो मार्गका रुपमा रहेको गल्छीबाट स्याफ्रुबेँसी हुँदै रसुवागढीसम्मको सडक व्यापारिक हिसाबलेसमेत महत्वपूर्ण छ । वि.सं २०७२ मङ्सिर १७ गते मन्त्रिपरिषद्को बैठकले यो सडकलाई सहायक मार्ग तोकी राष्ट्रिय गौरवको मान्यता दिएको थियो ।

दुई देशबीचको छोटो दूरीको व्यापारिक मार्गका रुपमा स्थापित गर्ने सरकारको योजना थियो । योजनाले खासगरी धादिङ, नुवाकोट र रसुवा गरी तीन जिल्लालाई जोड्छ । चितवनको भण्डारालाई सुरु बिन्दु मान्दा भने चार जिल्लापर्छ । भण्डाराबाट गल्छीसम्मको सडक भने डिभिजन सडक कार्यालयले हेरिरहेको छ ।

सरकारले यसलाई उत्तर-दक्षिण राजमार्गका रुपमा सूचीकृत नगरे पनि भण्डाराबाट रसुवागढीसम्मको सडकले भारतको सीमा हुँदै चीनको सीमासम्म पुग्नेछ । गल्छीबाट मैलुङसम्मको सडकको लम्बाई ४६ किमी, दोस्रो खण्ड मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकको लम्बाइ १९ किमी रहेको छ । स्याफ्रुेबँसीबाट रसुवागढी झण्डै १७ किमी लम्बाइ छ । गल्छीबाट नै रसुवागढीसम्मको सडक ८२ किमी छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist