एजेन्सि ८ भदौ । अमेरिकामा कोरोना भाइरसविरुद्धको स्वीकृति पाउने पहिलो खोप फाइजर बनेको छ । एजेन्सिका अनुसार , अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले दुई मात्रा लगाउनु पर्ने फाइजरको खोपलाई पूर्ण स्वीकृति प्रदान गरेको हो ।
यसअघि यो खोपले आपतकालीन प्रयोग अनुमति पाएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने यस एफडिएलाई पूर्ण स्वीकृति प्रदान अहिले नैगरेको छैन् । त्यस्को स्वीकृतिका लागि पनि फाइजरले प्रक्रिया अघि बढाइने जनाएको छ । यो फाइजरको खोप तीन हप्ताको अन्तरमा दुई मात्रा लगाउनु पर्छ ।
खोप लगाउन नमान्ने तथा खोप विरोधीहरु अमेरिकामा धेरै छन् । यो खोप १६ वर्ष र सो भन्दा माथिको उमेरका लागि पूर्ण स्वीकृति प्रदान गरेको हो ।
एजेन्सिका अनुसार लगभग ४४ हजार मानिसमा गरेको अध्ययनको अध्यायन पछि सो खोपलाई पूर्ण स्वीकृति प्रदान गरिएको एफडिएले जनाएको छ । यो खोप कोरोना भाइरसको संक्रमण रोक्नमा ९१ प्रतिशत प्रभावकारी देखिएको छ ।
यो टाकेटीका लागि भने अझैपनि उपयूक्त मानिएको छैन, आपतकालीन प्रयोग अनुमति मात्रै रहेको एफडिएले जनाएको छ । एफडिएको पूर्ण अनुमतिसँगै अमेरिकी आर्मीले आफ्ना सबै सक्रिय सैनिकहरुले अनिवार्य रुपमा खोप लगाउनु पर्ने बताएको छ ।