काठमाडाैँ । आसन्न नेपाल उद्योग बाणिज्य महासंघको अधिवेशनमा वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा शिवप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन् । नेपाल पेट्राेलियम डिलर्स राष्ट्रिय एसाेशिएसनका पुर्व केन्द्रीय अध्यक्ष एवम नेपाल एलपि ग्यास उद्योग संघको समेत कुशल रुपमा अध्यक्षको नेतृत्व प्रदान गरिसकेका घिमिरे हाल नेपाल कत्था उद्योग संघका अध्यक्ष रहेका छन ।
आगामी २८ र २९ मा हुने निर्वाचनमा दर्जनौँ सामाजिक संघ सस्थामा समेत नेतृत्वदायी भुमिकामा निभाइसकेका घिमिरेले व्यापार गर्न लिएको ऋण व्यापार गरेर तिर्न सक्ने अवस्थामा व्यापारीहरु नभएर खाडी मुलुकमा गएर काम गरेर उक्त ऋण तिर्नु पर्ने बाध्यता रहेकोमा यि र यस्तै समस्याहरुमा आवाज उठाएर समस्या समाधानका लागि पहल गर्न घिमिरेको उम्मेदवारी रहेको वताएका छन् । उनले देशमा लगानी मैत्री वातावरण बनाउन पहल गर्ने वताएका छन् । देशमा खर्च अत्यन्तै बढेर राज्यलाई आर्थिक भार समेत परेको र देशले निर्यात भन्दा धेरै आयात गर्नु पर्ने अवस्था रहेको उनकाे भनाई रहेकाे छ ।
उनी भन्छन्,”व्यवसाय बचाइराख्नका लागि स्पष्ट खाका चाहिन्छ। सबै क्षेत्रको सहभागितामा गोलमेच गर्नुपर्छ । राष्ट्रिय मुद्दा उठाएर राज्यसँग वहस गर्नुपर्छ । व्यवसायिका लागि राज्य गम्भीर भएको छैन । व्यवसायिक क्षेत्र आजसम्म जेनतेन आफैँ चलेको छ । पशुपतिनाथको भरोसामा व्यापार क्षेत्र चल्दैन । निजी क्षेत्रको समस्या तत्काल बुझेर एफएनसिसिआईले व्यवसायिको हकहितका लागि लाग्नु पर्दछ ।”
अहिले व्यवसायिले गरेको लागानी समेत नउठ्ने परिस्थिति भई सकेकोमा समेत बैंकहरुले नाफा कमाइरहेकाे तर व्यवसायी भने मारमा परेकाे उनको गुनासो रहेकाे छ । यस कारण घिमिरेको उम्मेदवारी तमाम ठूला मात्र नभएर साना साना व्यवसायिका लागि समेत रहेको उनी वताउँछन् ।