इटहरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीहरूको रकम उपलब्ध गराउन ध्यानाकर्षण पत्र बुुझाएको छ ।
बुुधबार प्रेस युुनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले आईएमी जनरल इन्स्युरेन्स कम्पनी काठमाण्डौँमा ध्यानाकर्षण पत्र बुुझाउँदै कोरोना संक्रमित सञ्चारकर्मीहरूको कोरोना बीमा बापतको रकम उपलब्ध गराउनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
इन्स्योरेन्स कम्पनीका कोभिड इन्चार्ज लोकेन्द्र कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउँदै अधिकारीले कूल ४८ मध्ये ३० जनाको एक लाखका दरले बीमा बापतको रकम उपलब्ध भएपनि बाँकी १८ जनाको रकम तत्काल उपलब्ध गराउन आग्रह गरेका छन् ।
ध्यानाकर्षण पत्र बुुझ्दै कार्कीले हालसम्म सुुनसरीबाट ४८ जना सञ्चारकर्मीको लिस्ट आएको र चाँडै वार्ता बसेर भुक्तानी दिइने प्रतिबद्वता व्यक्त गरे । अहिले बीमा कम्पनीको हातमा भुक्तानी दिन नमिल्ने भएपनि सरकारसँग वार्ता बसेर समाधान गरिने कार्कीको भनाइ छ ।
यसअघि युुनियनले कोभिड महामारीको समयमा सुनसरीका दुुई सय ६० जना सञ्चारकर्मीहरूको निःशुल्क कोरोना बीमा गरेको थियो । जसमध्ये ४८ जना संक्रमित भएका थिए भने हालसम्म ३० जनाले एक लाखका दरले भुक्तानी समेत पाइसकेका छन् ।
अधिकारीले भने, ‘हाम्रो अहिलेको कार्यकाल पूरा हुन लाग्दा आफ्नो जिम्मेवारी पूूरा गर्ने उदेश्यले आज ध्यानाकर्षण पत्र बुुझाएका हौैँ, चाँडै नै रकम पनि उपलब्ध हुने विश्वास छ ।’
कोभिड महामारीको समयमा यसअघि युुनियनले सुनसरीका दुई सय ६० जना सञ्चारकर्मीहरूको निःशुुल्क कोरोना बीमा गरेको थियो ।