ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

एभरेष्ट बैंक इटहरी शाखाबाट हरायो ग्राहकको करोड बढी रकम, अप्रेशन इन्चार्ज पक्राउ

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ चैत्र ३० गते, १०:२७ बजे
एभरेष्ट बैंक इटहरी शाखाबाट हरायो ग्राहकको करोड बढी रकम, अप्रेशन इन्चार्ज पक्राउ
21
SHARES
Share on FacebookShare on Twitter

ईटहरी । एभरेष्ट बैंकको इटहरी शाखाले सर्वसाधारणले बचत गरेको एक करोडभन्दा बढी रकम ठगी गरेको पाइएको छ। एभरेष्ट बैंकको इटहरी शाखाका एक कर्मचारीले बैंकको विभिन्न शाखामा खाता खोलेका १९ जना बचतकर्ताहरूको करोडभन्दा बढी रकम ठगी गरेको पाइएको छ।

बैंक खातामा जम्मा गरेको रकम झिक्न जादा बैंक कर्मचारीले खातामा पैसा छैन भन्ने जानकारी दिएपछि बचत कर्ता ठगिएको खुलासा भएको हो।

एभरेष्ट बैंकको इटहरी शाखामा कार्यरत अप्रेशन इन्चार्ज विराटनगर महानगरपालिका ८ घर भएका निरज प्रधानले १९ जना बचतकर्ताहरूको रकम अन्य ग्राहकको खातामा ४५ पटक ट्रासफर गरी ठगी गरेको पाइएको छ।

आफ्नो खातामा जम्मा गरेको रकम नभेटिएपश्चात खोजी गर्दै जाँदा प्रधानले रकम ठगी गरेको पाइएको पीडित स्याङजाकी रेखा गुरुङले बताइन्।

सुरुमा एकजना ग्राहकको रकम हराएको घटना सार्वजनिक भएको थियो। पछि अनुसन्धान गर्दै जादा बैंकबाट ठगिने ग्राहकको संख्या १९ पुगेको छ। ग्राहकहरूको बयानको आधारमा एक करोडभन्दा बढी रकम ठगी गरेको पाइएको खुलेको हो।

अप्रेशन इन्चार्ज प्रधानले आफूले चिनेजानेकाहरूको फोटो र नागरिकताको फोटोकपी मागेर एभरेष्ट बैंकमा ३२ जनाको खाता खोलेर १९ ग्राहकको रकम ट्रान्सफर गरेको बताइएको छ।

विराटनगरकी विणा कोइरालाले इन्चार्ज प्रधानले सेयरको फर्म भर्दिन्छु भन्दै आफ्नो नाममा विना जानकारी एभरेष्ट बैंकमा खाता खोली रकम ट्रान्सफर गरेको बताइन्।

उनले छिमेकीको नाताले विश्वासमा परेर फोटो र नागरिकताको फोटोकपी दिएको भए पनि उनले ठगी गर्ने उद्देश्यले उक्त काम गरेकाले आफ्नो संलग्नता नभएको बताइन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले एभरेष्ट बैंकका अप्रेशन इन्चार्ज निरज प्रधानले १९ जना ग्राहकको एक करोडभन्दा बढी रकम अन्य ग्राहकको खातामा पठाएर ठगी गरेको पाइएको बताए।

उनले ग्राहकहरूले बचत गरेको रकम ठगी गरेको उजुरीका आधारमा प्रधानलाई पक्राउ गरी उच्च अदालत विराटनगरबाट म्याद थप गरी घटनाको अनुसन्धान थालिएको जानकारी दिए।

उजुरीकर्ता एभरेष्ट बैंक र ठगीमा परेका बचतकर्ताको बयान लिएर विस्तृत अनुसन्धानको काम भइरहेको डीएसपी राईले बताएका छन्। उनले रकम जम्म्मा भएको ३२ खातावालालाई पनि अनुसन्धानको दायरामा ल्याउने बताए।

एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङले बैंक कर्मचारी प्रधानको फटाइका कारण आफ्ना ग्राहकहरूको रकम ठगी भएकोमा चिन्ता व्यक्त गरे। उनले ग्राहकको रकम हराएको घटना सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रधानविरुद्ध बैंकले नै उजुरी दिएको बताए।

‘यो घटनामा बैंकका कुनै कमजोरी छैन। हाम्रा ग्राहकहरूले बचत गरेको रकम उहाँहरुकै खातामा सुरक्षित छ,’ उनले भने।

अधिकृत खालिङले इटहरी शाखाका बचतकर्ताहरूको हराएको सम्पूर्ण रकम बैंकले उहाँहरूकै खातामा जम्मा गरिदिएको पनि बताए। बचतकर्ताबाट ठगी गरेर अपचलन गरेको रकम भने प्रधानबाट असुल भएको छैन।

(रत्न आचार्यले लेखेको समाचार अन्नपूर्ण पोस्टबाट साभार गरिएको हो ।)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist