चितवन । चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदार रवि लामिछानेले अग्रता बढाएका छन् ।
पछिल्लो ५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका हुन् ।
त्यसैगरी, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार ४ सय ५८ प्राप्त गरी लामिछानेलाई पछ्याइरहेका छन् ।
त्यसैगरी, नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २ सय ७० मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।