बारा । उपनिर्वाचनको जारी मतगणनाको पछिल्लो विवरणअनुसार बारा क्षेत्र नं. २ मा जसपाका अध्यक्ष तथा गठबन्धन उम्मेदवार उपेन्द्र यादवले ९ हजार ६ सय २३ मत प्राप्त गरी आफ्नो अग्रतालाई कायमै राखेका छन् ।
त्यसैगरी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ६ हजार ५ सय २८ मत प्राप्त गरी यादवलाई पछ्याइरका छन् ।
एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ५ सय ५८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार १ सय ६७ मत प्राप्त गरेका हुन् ।