ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इटहरी लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै, कुलतमा फस्दै छन् युवा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ८ गते, १५:०३ बजे
इटहरी लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै, कुलतमा फस्दै छन् युवा
31
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । गत साउन १८ गते सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीले ४८ वर्षीय सञ्जयकुमार चौधरीलाई पक्राउ गर्यो । उनलाई लागुऔषध ओसारपसारमा लागेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

शरीर खानतलासी गर्दा उनको साथवाट नाइट्रोभेट १० लेखिएको पत्तामा आठवटा ट्याब्लेट र प्रतिवन्धित औषधी स्पासोम–प्रोक्स्वाइभोन प्लस लेखिएको तीनवटा पत्तामा रहेको २० वटा ट्याबलेटमध्ये ६ वटा खाइमासी बाँकी रहेको १४ वटा ट्यावलेट फेला पर्‍यो ।

यस्तै, उनको घर तथा घर वरपर खानतलासी गर्ने क्रममा घरदेखि पश्चिमतर्फ शौचालय नजिक बाँसघारीकोबीचमा खाल्डो खनेर राखिएको लागूऔषधसमेत बरामद गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए ।

खाल्डोमा डाइलाइक्स डी.सी १०० एमएल लेखिएको ३३ बोतल, ड्रम नजिकै प्लाष्टिकमा लुकाई छिपाई राखेको नाइट्रोभेट १० लेखिएको पत्तामा ३० वटा ट्याब्लेटका दरले १० पत्ता, प्रतिबन्धित औषधि स्पासोम–प्रोक्स्वाइभोन प्लस लेखिएको पत्तामा २४ वटा ट्याब्लेटका दरले १० पत्ता फेला पारेको इटहरी प्रहरीले जनाएको छ ।

यस्तै, स्पासोम–प्रोक्स्वाइभोन प्लस लेखिएको थप १६ वटा ट्याबलेटका दरले पाँच पत्ता, सोही व्यहोरा लेखिएको अर्काे पत्तामा आठवटा ट्याब्लेटको दरले चार पत्ता लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

गत असारमा नौ दिनको अवधिमा इलाका प्रहरीले १५ जनालाई विभिन्न समयमा पक्राउ गर्यो । उनीहरुका साथबाट महंगोमा पहाडी जिल्लातिर बिक्रि हुने लागुऔषध बरामद गरेको प्रहरीको भनाइ छ ।

भारतीय बजार नजिकै हुनु, बजार एरियामा सीसी क्यामेरा नहुनु जस्ता विषयले इटहरीलाई लागुऔषधको ट्रान्जिट प्वाइन्ट नै बन्दै आएको छ । विषेशगरी छोटो समयमा धेरै पैसा कमाउने उद्देश्यले भर्खर ११÷१२ तथा स्नातक तह पढ्दै गरेका युवा फस्ने गरेका छन् । खोटाङ, भोजपुर, ओखलढुुङ्गा, तेह्रथुमलगायतका जिल्लामा राम्रो दाम पाउने भएकाले इटहरीलाई केन्द्रमा राखेर ओसारपसार गर्ने गरेको प्रहरीको बुझाइ छ ।

आर्थिक वर्ष ०७७/७८ मा वृद्धि 

आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७८ मा लागुऔषधको कारोबार बढेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । ०७६/७७ मा ३१ जना पक्राउ परेका थिए भने ७७/७८ मा ४९ जना पक्राउ परेका छन् । यसमध्ये २१ जना २१ देखि २५ वर्ष उमेर समूहका छन् । आर्थिक वर्ष ७६÷७७ मा २४ वटा मुद्दा दर्ता भएका थिए भने ७७/७८ मा २७ वटा दर्ता भएका छन् ।

त्यस्तै लागुऔषधसमेत बढेको छ । ७६/७७ मा ब्राउन सुगर १३ ग्राम ४० मिलिग्राम पक्राउ गरेको थियो भने ७७/७८ मा दुई सय ९९ ग्राम २४० मिलिग्राम पक्राउ गरेको छ । नाइट्रोभेट एक हजार सात सय एक ट्याब्लेट, स्पास्मो प्रोक्सिभन एक हजार आड सय ६० क्पाप्सुल, स्पास्पेन तीन हजार तीन सय २० ट्याब्लेट, नाइट्रोपाम चार सय ५० ट्याबलेट, ट्रामोडोल १२ हजार आठ सय ६० क्पाप्सुललगायत अन्य लागुऔषध बरामद गरेको प्रहरीको तथ्यांक छ । गत वर्षको तुलनामा यो वर्ष वृद्धि भएको देखिएको छ ।

लामो समय कोरोना भाइरसका कारण विद्यालय, कलेज बन्द छन् । धेरै कलेजले अनलाइन कक्षासमेत सञ्चालन गरिरहेका छन् । तर, त्यही अनलाइन कक्षाको फाइदा उठाउँदै युवा वर्ग फस्ने गरेको प्रहरी नायव उपरिक्षक केसीको भनाइ छ । मोबाइटबाट आफ्नो सर्कल पत्ता लगाउने र छोटो समयमा पैसा कमाउने लोभले फस्ने गरेको उनले बताए ।

अनलाइन कक्षाको नाममा आमाबुवाले आफ्नो छोराछोरी के पढ्दै छन् ? के सिक्दै छन् ? भन्दै बेला बेला चेक गर्नुपर्ने केसीको भनाइ छ । सुरक्षाकर्मीको मात्रै भर पर्नुभन्दा आफ्नो सन्तानको हेरचाह गर्नु पहिलो जिम्मेवारी बुवाआमाको रहेकाले सोधपुछ गर्नुपर्ने उनको धारणा छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist