काठमाडाैं । नेपाली कांग्रेसलाई जनताले विजयी गराएर सवैभन्दा ठूलो र शक्तिशाली पार्टी बनाएकाले आगामी दिनमा जनताको चाहना अनुसार पार्टि रुपान्तरण हुने नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले वताएका छन् ।
नेपाली कांग्रेस धनकुटाको प्रदेश सभा निर्वाचन क्षेत्र २ को क्षेत्रीय कार्य समितिको सम्मेलन उद्घाटकमा क्रममा सभापति राईले सो कुरा वताएका हुन् । भेलाले राजनैतिक,आर्थिक, सांगठनिक र भावी कार्यक्रमहरु पास गरेको छ ।
क्षेत्रीय सम्मेलनको उद्घाटनमा बोल्दै पूर्व जिल्ला सभापति तथा नेपाली कांग्रेसका पूर्व आमन्त्रिक केन्द्रीय सदस्य मनोहर नारायण श्रेष्ठले परिर्वतनलाई सवैले आत्मसाथ गर्नु पर्ने वताएका छन् ।
नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ धनकुटाका सभापति राजन पौडेलको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका उपसभापति सुनिल कुमार डंगोल, जिल्ला सचिव विजय सन्तोषी राई, जयन्द्र घिसिङ, महासमिति सदस्य लिला सुब्बा, नेपाली कांग्रेसका नेता कमोट फागो, सहसचिव गरिजा प्रसाद दाहाल, क्षेत्र नं. १ का सभापति जितेन्द्र राई, पाख्रिवास नगरपालिकाका मेयर ज्ञानु गुरुङ, धनकुटा नगरपालिका सभापति नरेश श्रेष्ठ, पाख्रिवासका नगर सभापति प्रेम भण्डारी, महालक्ष्मी नगर सभापति तथा मेयर ध्रुवराज राया, छथर जोरपाटीका सभापती तथा अध्यक्ष छत्र सुब्बाले कांग्रेसमा पुस्तान्तरण साथै रुपान्तरण हुनु पर्नेमा जोड दिएका छन् ।
क्षेत्रीय सम्मेलनमा स्वागत मन्तव्य क्षेत्रिय उपसभापति भीम वहादुर खड्काले र कार्यक्रमको संचालन सचिव दिलराज घिसिङले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका महासमिति सदस्य सुमना तिम्सिना, कोषाध्यक्ष सरस्वती मगर, तोर्ण खड्का, जिल्ला सदस्यहरु अम्विका धमला, गिता अधिकारी, रुकमान तामाङ्ग, मिन कार्की, ठगिन राई, योगेन्द्र राई, बच्चु कुमारी राई, क्षेत्रीय सहसचिव विश्वास पुलामी लगायतकाे उपस्थिति रहेको थियो ।